हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा साम्पाङले आफू उम्मेदवार बन्ने निर्वाचन क्षेत्र सार्वजनिक गरेका हुन्। उनले उम्मेदवारी घोषणा गरेको सुनसरी–१ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राई निर्वाचित भएका थिए। त्यसबेला राईलाई नेकपा एमालेको समर्थन रहेको थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन ख्युङ्बा तामाङलाई झिनो मतान्तरले पराजित गरेका थिए।
साम्पाङको उम्मेदवारी घोषणा भएको सुनसरी–१ क्षेत्र विगतमा कम्युनिस्टहरूको किल्लाका रूपमा चिनिँदै आएको छ। पटक–पटक यस क्षेत्रबाट कम्युनिस्ट नेताहरू निर्वाचित हुँदै आएका छन्। यही कम्युनिस्ट प्रभाव रहेको क्षेत्रमा यसपटक साम्पाङले कडा चुनौती प्रस्तुत गर्ने तयारी गरेका हुन्।
हाल उनी निर्वाचन प्रचारका लागि देश दौडाहामा रहेका छन्। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा उनले आक्रामक चुनावी प्रचार अभियान सञ्चालन गरिरहेका छन्।
साम्पाङले ‘हर्कवाद’लाई आफ्नो प्रमुख राजनीतिक धारका रूपमा अघि सार्दै श्रम संस्कृतिबाट मात्रै देश समृद्ध र विकसित बन्न सक्ने विचारलाई चुनावी एजेन्डा बनाएका छन्।
Comments
अरु समाचार
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...











