निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रियसभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
काठमाडौं । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...
-
सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि: प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर...
-
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले...
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ...
-
सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको...
-
‘संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...
-
कानुन मिचेर अर्थंमन्त्रालयले २९ करोड रकमान्तर गर्यो, सर्वत्र आलोचना
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न...












