सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको बस्ती विकाससम्बन्धी विषयमा नेपाल सरकारसँग विस्तृत लिखित विवरण माग गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उत्प्रेषणसमेतको मुद्दामा यस्तो आदेश दिएको हो ।
जनहित संरक्षण मञ्चसमेत विपक्षी रहेको उक्त मुद्दामा अदालतले नदी किनारको सीमा निर्धारण, सडक कोरिडोर निर्माण र अघिल्लो आदेशको कार्यान्वयनबारे स्पष्ट तथ्य नखुलेको ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य सम्बन्धित निकायलाई एक साताभित्र आवश्यक कागजात पेश गर्न आदेश दिएको छ ।
अदालतले सबैभन्दा पहिले काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदीको दायाँ–बायाँ छाड्नुपर्ने दूरीसम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६५ मंसिर ०१ को निर्णयको प्रमाणित प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महान्यायाधिवक्तामार्फत पेश गर्न आदेश दिएको छ । साथै, उपत्यकाका नदीको बहाव क्षेत्र स्पष्ट देखिने २०२१–०२२ सालको सर्भे नापी नक्सा नापी विभागबाट पेश गर्न भनिएको छ ।
यस्तै, नदीको बहाव क्षेत्र निर्धारणसम्बन्धी रावल आयोग (२०५२) को प्रतिवेदन मालपोत विभागबाट झिकाउन तथा काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र अन्य सहायक नदीको दायाँ–बायाँ बनाइएका सडक (कोरिडोर) को सीमा के आधारमा निर्धारण गरिएको हो भन्ने विषयमा स्पष्ट विवरण माग गरिएको छ । कुन सडकमा नदीबाट कति दूरी कायम गरिएको हो भन्ने नापसहितको विवरण र नक्सा सडक विभाग वा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट उपलब्ध गराउन आदेश दिइएको छ ।
अदालतले उपत्यकाका मुख्य नदी किनारामा बनाइएका तटबन्ध वा टेवा पर्खाल नदीको बहाव वा भागलाई कति छोडी, कति दूरीमा निर्माण गरिएको हो भन्ने विषयमा पनि सरकारसँग जवाफ मागेको छ । यससम्बन्धी कुनै मापदण्ड वा निर्णय भए त्यसको यकिन विवरण सम्बन्धित निकायमार्फत अदालतमा पेश गर्न भनिएको छ । त्यसैगरी, काठमाडौं उपत्यकाभित्रका मुख्य तथा सहायक नदीको नदी किनारको सीमाङ्कन कायम गर्ने सम्बन्धमा भएका मापदण्ड, निर्णय र हालसम्मको कार्यप्रगतिबारे बागमती सभ्यता एकीकृत विकास समितिबाट अद्यावधिक जानकारी मगाउन आदेश दिइएको छ ।
सर्वोच्च अदालतले यसअघि २०७६ साउन २० मा काठमाडौं उपत्यकाका बागमती तथा अन्य सहायक नदीमा सरकारले निर्धारण गरेको सीमा बाहेक दायाँ–बायाँ थप २० मिटर सीमा कायम गर्न दिएको आदेशको कार्यान्वयन अवस्थाबारे पनि गम्भीर चासो व्यक्त गरेको छ । उक्त आदेश कार्यान्वयनका लागि गर्नुपर्ने काम कारबाही, लागत, स्थलगत रूपमा बस्ती विकास र निर्माणको अवस्थासम्बन्धी अध्ययनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थप विवरण पेश गर्न आदेश दिएको छ ।
यसअघि मुद्दा हेर्दाहेर्दै विभिन्न मितिमा भएका आदेशको कार्यान्वयन तथा अनुगमनसम्बन्धी फाइल समेत सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट झिकाउन आदेश दिइएको छ ।मुद्दाको प्रकृति र सार्वजनिक महत्वलाई ध्यानमा राख्दै अदालतले सबै काम एक हप्ताभित्र सम्पन्न गरी आगामी माघ ४ मा मुद्दा पेशी चढाउन स्पष्ट निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












