मुलुकमा २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौं । मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले बृद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको । गत मङ्सिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत छ ।चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटमा छ । अघिल्लो बर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले कमी आई रु ३३ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो ।
विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
त्यस्तै सो अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले बृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ । त्यसमा शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड रहेको थियो ।
Comments
अरु समाचार
-
कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा
काठमाण्डौ – कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा...
-
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित
कांठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली...
-
निर्वाचन ५४ दिन बाँकी : आचारसंहिता लागू गर्ने अन्तिम तयारी
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...
-
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू–भागमा हुस्सु\कुहिरो
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव...
-
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
काठमाडौं । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...
-
सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि: प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर...
-
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले...
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ...
-
सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको...












