ताजा समाचार

कार्यविधि बनाएर कांग्रेसको बन्दसत्र कार्यक्रम अघि बढाइँदै

काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज कार्यविधि बनाएर अघि बढाइँदैछ ।

बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । हिजोे महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका थिए ।

महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org