ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा एउटा डिजिटल रूपमा सम्पादित तस्बिर सेयर गर्दै यस्तो दाबी गरेका हुन्।
ट्रम्पले सेयर गरेको तस्बिरमा उनलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरिएको देखिन्छ। उक्त तस्बिर भेनेजुएलामा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमलाई आधार बनाएर डिजिटल रूपमा तयार गरिएको जस्तो देखिन्छ।
ट्रम्पको उक्त पोस्टलाई धेरैले व्यंग्यात्मक तथा राजनीतिक सन्देशका रूपमा लिएका छन्। यद्यपि, अमेरिकी सरकार वा अन्तर्राष्ट्रिय समुदायबाट ट्रम्पलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति मान्यता दिइएको छैन।
ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।
अमेरिका भेनेजुएलामा के चाहन्छ ?
विश्लेषकहरूका अनुसार अमेरिका भेनेजुएलाको विशाल तेल स्रोतमा आफ्ना तेल कम्पनीको पहुँच विस्तार गर्न चाहन्छ। त्यहाँको तेल उत्पादन र पूर्वाधार पुनर्निर्माण गरी विश्व बजारमा भेनेजुएलाको तेल बिक्रीमा प्रभाव कायम राख्ने अमेरिकी रणनीति रहेको बताइन्छ। ट्रम्प प्रशासनले यसलाई आर्थिक पुनर्निर्माण र स्थायित्वको बहससँग जोड्दै आएको छ।
Comments
अरु समाचार
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...
-
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन...
-
कार्यविधि बनाएर कांग्रेसको बन्दसत्र कार्यक्रम अघि बढाइँदै
काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज कार्यविधि बनाएर अघि बढाइँदैछ । बिहानको खाजापछि बन्दसत्र सुरु...
-
विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई...
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा...
-
निर्वाचन हुन ५३ दिन मात्र बाँकी, सामाजिक सञ्जाल आचारसंहिता कार्यान्वयनमा
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको...
-
कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा
काठमाण्डौ – कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा...











