ताजा समाचार

विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?

काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा सम्पन्न बन्दसत्रमा महामन्त्री शर्माले ‘बदलिएको देश र बदल्नुपर्ने कांग्रेस’ शीर्षकको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिवेदनमा उनले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक संरचना र कार्यशैलीसम्म आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिवेदनमार्फत महामन्त्री शर्माले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी हुन नपाउने प्रस्ताव अघि सारेका छन्।

साथै, राजनीतिक स्थिरता र दलीय स्वाभिमानको संरक्षणका लागि निर्वाचनमा गठबन्धन नगर्ने नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ।

Bishwoprakash-Final_260111_192638

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org