रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य समितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन् । राजनीतिशास्त्र मा मास्टर्स गरेका थापाले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गरेर सामाजिक सेवा गर्दै आएका छन् ।
विगतमा रोल्पाबाट दर्जनौ नेताहरु राजकीय भूमिकामा पुगे पनि रोल्पाले विकासको आधारशिला भेटाउन नसकेको थापाको अनुभव छ । पुराना नेताहरु भाषणमा सिमित हुँदा जिल्लाले अपेक्षित फड्को मार्न नसकेको बताउने उनी विकासको लागि सर्वप्रथम जनताको आधारभुत पक्षमा सुधार गर्नुपर्ने विश्वास राख्छन् । ‘रोल्पाले जन्माएका नेता र उनीहरुकै नेतृत्वले हैन र देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको सपना देखाएको १’, उनले भने, ‘उहाँहरुले बाँडेको सपनालाई अब जनताले पनि सपना नै ठानेर बिर्सन बाध्य भएका छन्, तर मेरो उपस्थित सपना देखाउन हैन, यर्थाथता सुधार्न हो ।’
जिल्ला उपसभापति समेत रहेको र अपांग तथा दृष्टिविहिन नागरिकहरुको लागि आवास निर्माणमा उल्लेख्य भूमिका निभाउँदै आएका थापाले आगामी निर्वाचनमा जनतालाई आफ्नो विवेक प्रयोग गर्न पनि आग्रह गरेका छन् ।
‘नेताहरुले जति ठूला गफ गरे मुलुकका अधिकांश इट्टाभट्टामा पुग्ने बालबालिका रोल्पाली सन्तान छन्, नामको स्वास्थ्य केन्द्र भए पनि राम्रो उपचार नहुँदा बुटवल र काठमाडौँ झर्न बाध्य हुने पनि रोल्पाली नै हुन्’, उनले अघि भने, ‘रोजगारी र राम्रो शिक्षा नहुँदा हाम्रा छोराछोरी विदेशिन बाध्य हुनुपरेको उदाहरण हाम्रै अघि छ, कम्तिमा यो सबै रोक्न, त्यसको आधार तयार पार्न यो पटक आफ्नो विवेक प्रयोग गर्नुहोला ।’
स्मरण रहोस, विगतमा रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जित्दै आए पनि यसपाली भने रास्वपाको आक्रमक उपस्थितिले थापालाई पनि बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) ले पनि चुनाव तालमेल गरेर नेत्रविक्रम चन्द विप्लवलाई अघि सार्ने तयारी गरेको बताइन्छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












