‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन् । नेपाल लिड टीभीमा पत्रकार राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो जनाएका हुन् । उनले सबै भन्दा लोभी व्यापारी चौधरी हुन् भन्ने पनि खुलाएका छन् ।
एमाले महासचिव पोखरेल अन्तर्वाताका क्रममा भन्छन्, ‘स्वेच्छिक चन्दा लिँदाखेरि उहाँले जति दिनुहुन्छ तेति लिने कुरा हो । त्यसमा उहाँचाहिँ हाम्रा आमकर्ताहरुभन्दा अनुदार देखिनु भयो भन्ने लाग्छ मलाई । एक समय विनोद चौधरीलाई पनि हामीले बनायौं। सोध्नु होला उहाँलाई । सबैभन्दा लोभी व्यापारी त उहाँ नै हो ।’
वास्तवमा विश्वकै धनाढ्यमध्ये एक चौधरी सामाजिक कार्यका लागि लोभी व्यक्ति नै भएको उनलाई नजिकबाट चिन्नेहरु पनि प्रतिक्रिया दिन्छन् । उनी कर छली गर्ने व्यवसायीका रुपमा पनि चिनिएका छन् । विदेश जाँदा नेपाल एयरलायन्सको सस्तोमा (इकोनोमी क्लास) टिकट काट्ने र स्टाफलाई धम्क्याएर विशेष क्लासबाट यात्रा गरेका उदाहरणहरु पाइएका छन् ।
कर छली गर्ने, सामाजिक कार्यमा पनि ध्यान नदिने तर नेपाली रुपियाँ विदेश पुर्याउने व्यापारीका रुपमा पनि चौधरी चिनिन्छन् । वर्ष २०२५ अर्थात नौ महिना अघिको रिर्पोटअनुसार चौधरीको सम्पत्ति २० करोड डलरले बढेर दुई अर्ब डलर पुगेको छ । उनी विश्व अर्बपतिको सूचीमा १७२९ औं स्थानमा छन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












