ताजा समाचार

‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन् । नेपाल लिड टीभीमा पत्रकार राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो जनाएका हुन् । उनले सबै भन्दा लोभी व्यापारी चौधरी हुन् भन्ने पनि खुलाएका छन् ।

एमाले महासचिव पोखरेल अन्तर्वाताका क्रममा भन्छन्, ‘स्वेच्छिक चन्दा लिँदाखेरि उहाँले जति दिनुहुन्छ तेति लिने कुरा हो । त्यसमा उहाँचाहिँ हाम्रा आमकर्ताहरुभन्दा अनुदार देखिनु भयो भन्ने लाग्छ मलाई । एक समय विनोद चौधरीलाई पनि हामीले बनायौं। सोध्नु होला उहाँलाई । सबैभन्दा लोभी व्यापारी त उहाँ नै हो ।’

वास्तवमा विश्वकै धनाढ्यमध्ये एक चौधरी सामाजिक कार्यका लागि लोभी व्यक्ति नै भएको उनलाई नजिकबाट चिन्नेहरु पनि प्रतिक्रिया दिन्छन् । उनी कर छली गर्ने व्यवसायीका रुपमा पनि चिनिएका छन् । विदेश जाँदा नेपाल एयरलायन्सको सस्तोमा (इकोनोमी क्लास) टिकट काट्ने र स्टाफलाई धम्क्याएर विशेष क्लासबाट यात्रा गरेका उदाहरणहरु पाइएका छन् ।

कर छली गर्ने, सामाजिक कार्यमा पनि ध्यान नदिने तर नेपाली रुपियाँ विदेश पुर्याउने व्यापारीका रुपमा पनि चौधरी चिनिन्छन् । वर्ष २०२५ अर्थात नौ महिना अघिको रिर्पोटअनुसार चौधरीको सम्पत्ति २० करोड डलरले बढेर दुई अर्ब डलर पुगेको छ । उनी विश्व अर्बपतिको सूचीमा १७२९ औं स्थानमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org