मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो ‘ओम मूर्ति अनिल पोडकास्ट’ मार्फत जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ (Sesame Seeds) को वैज्ञानिक महत्त्वबारे विस्तृत जानकारी दिनुभएको छ ।
उहाँले तिललाई केवल एक सामान्य गेडागुडी नभई ‘सुपर फुड’ वा ‘म्याजिक फुड’ को संज्ञा दिनुभएको छ। विशेष गरी जाडोयाममा र माघे संक्रान्तिका बेला नेपाली भान्सामा तिलको लड्डु वा अचार खाने परम्परा छ । डा. अनिलका अनुसार हाम्रा पुर्खाहरूले चलाएको यो चलन वैज्ञानिक दृष्टिकोणले समेत निकै बुद्धिमानीपूर्ण रहेको पुष्टि हुन्छ ।
जाडोमा जोर्नी दुख्ने, बाथ रोग बल्झिने तथा रोग प्रतिरोधात्मक क्षमता कम हुने समस्यालाई तिलले प्राकृतिक रूपमै समाधान गर्न मद्दत गर्छ। डा. अनिलले तिल सेवनका १० वटा चमत्कारी फाइदाहरू र यसलाई खाने सही तरिकाबारे यसरी प्रष्ट पार्नुभएको छ : फाइबरको भण्डार : तिलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ।
फाइबरले पाचन प्रणालीलाई तन्दुरुस्त राख्न मात्र नभई मुटु रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल र आन्द्राको क्यान्सरको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ। कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रण : यसमा पाइने ‘लिग्नेन्स’ र ‘फाइटोस्टेरोल’ जस्ता तत्त्वहरूले रगतमा रहेको खराब बोसो (Bad Cholesterol) र ट्राइग्लिसराइड घटाउन मद्दत गर्छन्, जसले मुटुलाई स्वस्थ राख्छ। प्रोटिनको उत्कृष्ट स्रोत : शाकाहारी भोजन गर्नेहरूका लागि तिल प्रोटिन र आवश्यक एमिनो एसिडको भरपर्दो स्रोत हो। यसले शरीरलाई आवश्यक ऊर्जा र मांसपेशी निर्माणमा सघाउँछ।
रक्तचाप र मुटुको सुरक्षा : तिलमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ। यसले रक्तनलीलाई कडा हुनबाट जोगाउँछ, सुन्निने समस्या कम गर्छ र रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ। हाडजोर्नीका लागि वरदान : जाडोमा जोर्नी र हड्डी दुख्ने समस्या धेरैलाई हुन्छ। तिलमा क्याल्सियम, म्याग्नेसियम, म्यागनिज र जिंकजस्ता खनिजहरू प्रशस्त हुन्छन्, जसले हड्डी र जोर्नीलाई बलियो बनाउँछ । इन्फ्लामेसन (Inflammation) कम गर्छ : शरीरभित्र हुने विभिन्न सुन्निने प्रक्रिया (इन्फ्लामेसन) ले मुटु रोगदेखि क्यान्सरसम्म निम्त्याउन सक्छ। तिलको नियमित सेवनले यस्तो इन्फ्लामेसन कम गर्छ र बाथ रोगीलाई विशेष फाइदा पुर्याउँछ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : जाडोमा रुघाखोकी र संक्रमणको डर हुन्छ ।
तिलमा पाइने जिंक, सेलेनियम, कपर, भिटामिन बी-६ र भिटामिन ई ले शरीरको इम्युनिटी पावर (रोगसँग लड्ने क्षमता) बढाउँछ। भिटामिन ‘बी’ को स्रोत : यसमा भिटामिन बी-१, बी-३ र बी-६ पाइन्छ। शरीरको मेटाबोलिजम (पाचन प्रक्रिया) र मुखमा आउने घाउखटिरा नियन्त्रण गर्न यी भिटामिनहरू आवश्यक हुन्छन्। रगतको कमी हुन दिँदैन : रक्तकोष निर्माणका लागि आवश्यक आइरन, कपर र भिटामिन बी-६ तिलमा पाइन्छ। यसले शरीरमा रगतको कमी (एनिमिया) हुनबाट जोगाउँछ र हेमोग्लोबिन बढाउँछ। रजोनिवृत्ति (Menopause) मा सहजता : महिलाहरूमा उमेर बढ्दै जाँदा महिनावारी सुक्ने बेला (Menopause) देखिने शारीरिक र मानसिक समस्याहरूलाई सन्तुलनमा राख्न तिलमा पाइने प्लान्ट हर्मोनले मद्दत गर्छ। तिल कसरी खाने ? तिललाई राम्रोसँग पखाल्ने र सुकाउने ।
तावामा हल्का रातो हुने गरी भुट्ने। यसलाई पिसेर धुलो (Dust) बनाउने। स्वादअनुसार नुन, खुर्सानी राख्ने र कागती निचोरेर अचार वा छोपको रूपमा नियमित खाने। कागती मिसाउँदा यसको स्वाद र गुण दुवै बढ्छ। डा. अनिलले तिल खानु रोग लाग्न नदिन (Prevention) र शरीरलाई स्वस्थ राख्नका लागि महत्त्वपूर्ण रहेको तर रोग लागिसकेपछि यसैले मात्र पूर्ण निको नहुने हुँदा यसलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउन सुझाव दिनुभएको छ।
माघे संक्रान्तिको लड्डू भुजा वा मुरै तथा तिलको लड्डूको सबैभन्दा ठूलो विशेषता शरीरलाई तत्काल ऊर्जा प्रदान गर्नु देसी हो । यो हल्का र सजिलै पचाउन सकिने खालको हुन्छ भने गुड़ले शरीरलाई तुरुन्तै शक्ति दिन्छ । बदाम प्रोटिन र स्वस्थ बोसोको राम्रो स्रोत हो । यसैगरी तिलले हड्डी र स्नायु बलियो बनाउँछ। थकान, कमजोरी, चक्कर लाग्ने, हात खुट्टामा तागत नहुने, परिश्रम गरेपछि शरीर दुख्ने जस्ता समस्याले सताउनेहरूका लागि यो लड्डु निकै फाइदाजनक हुन्छ ।
यो सस्तो र प्रभावकारी घरेलु उपचार हो खासगरी मजदुर, किसान, मेहनती मानिस, जिम जाने, अध्ययन गर्ने बालबालिका तथा वृद्धवृद्धाहरूका लागि । जाडो मौसममा भुजा (मुरै) वा तिलको लड्डूले शरीरलाई भित्रबाट तातो राख्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने चिसोका कारण हुने कमजोरीबाट बचाउँछ । दैनिक १-२ वटा लड्डू खाँदा शरीरमा ऊर्जा कायम रहन्छ र काम गर्ने क्षमता बढ्छ। भुजा , गुड़, बदाम तथा तिलबाट बनेको लड्डूले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ । यो लगातार थकान, कमजोरी र चक्कर लाग्ने जस्ता समस्यामा निकै लाभदायक छ।
Comments
अरु समाचार
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...












