चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ । देशमा आजभोलि विभिन्न राजीनिक जटिलता सिर्जना भएसँगै फागुन २१ गते तोकिएको मितिमा चुनाव नहुने माहोल खडा हुँदै गएको छ । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू नजिकको समूहबाट नै दबाबको थेग्न नसक्ने अवस्था भएको खबर सार्बजनिक भइरहेका छन् ।
प्रधानमन्त्री कार्कीको विकल्पका रुपमा न्यायीक निकायलाई रिझाउन अप्रत्यक्षरुपमा एउटा शक्ति लागेको जनाइएको छ । रविलाई प्रधानमन्त्री बनाउने योजना बुनिएसँगै महान्यायाधीवक्ताको कार्यालयले लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिन स्वीकृति दिएको स्रोतहरुको दाबी छ । तत्काल कार्कीलाई दबाब दिएर राजीनामा गर्न लगाउने र शीघ्र रविलाई प्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
विभिन्न राजनीति दलहरु आन्तरिक संघर्षमा रहेकाले चुनाव हुने/नहुने दोधारको अवस्था छ । तोकिएको जिम्मेवारी निर्वाचन गरौं भनेर वर्तमान प्रधानमन्त्री कार्की कसिएर लागेकी पनि छन् ।
प्रधानमन्त्री कार्कीलार्य निर्वाचन गराउने र शासन व्यवस्था पनि सञ्चालन गर्ने ठूलो जिम्मेवारी छ । प्रधानमन्त्री कार्की बृद्ध अवस्थासँगै दौडधुज गरेर खट्न नसक्ने अवस्थामा पनि छिन् । कार्की स्वयं पनि अवस्था अनुकल बनाएर रविलाई सत्ता हस्तान्तरण गर्ने मनासायमा रहेको पनि बताइन्छ ।
यता एमाले उपाध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ नगरेको विषयमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग बालेन साह फायर छन् । यिनीहरूबीच दुई महिनादेखि बोलचाल नै बन्द भएको छ । ओमप्रकाशको त सुदन गुरुङ मार्फत पटक/पटक राजीनामा नै मागिएको छ ।
त्यसैले बालेनलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा सुशीला र ओमप्रकाश लागेका छन् । यसैअनुसार रविमाथि लागेको संगठित अपराधको मुद्दा फिर्ता लिने प्रकृया अगाडी बढेको हो । बालुवाटारमा बेलाबेला हुने छलफलमा बालेनलाई चुनाव हराउने योजना समेत बनिरहेको खबर बाहिरिएका छन् ।
‘रवि निर्दोष भएकाले मुद्दा फिर्ता हुन लागेको होइन, यो त बालेनसँग रिसिबी साध्नका लागि सुशीला र ओमप्रकाशले गरेको निच हर्कत हो’, केही राजनीतिक विश्लेषकहरु बताउँछन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध विभिन्न अदालतमा चलेका फौजदारी मुद्दाको आरोप–पत्र संशोधन गर्न सम्बन्धित सरकारी वकिलहरुलाई स्विकृति दिइन् ।
उनको यो निर्णयपछि पाँचवटा जिल्ला अदालतमा चलिरहेका मुद्दाहरुमा जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिने बाटो खुलेको छ । महान्यायाधिवक्ता भण्डारीले मूलतः सहकारी ठगीको आरोप–पत्र यथावत राखेर त्यसमा थपिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिन स्वीकृति दिएकी हुन् । यसरी महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै रवि लामिछानेलाई प्रत्यक्षतः दुईवटा फाइदा हुने देखिन्छ । उनीविरुद्ध चलेको मुद्दामा अब पीडितहरुसँग मिलापत्र गर्ने बाटो खुला भएको छ, मिलापत्र हुनासाथ अदालतमा चलिरहेको मुद्दा फिर्ता हुन्छ ।
महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयबाट केहीगरी तत्काल मुद्दा फिर्ता नहुने भएपनि रवि लामिछानेलाई सार्वजनिक पदमा पुग्न बाधा पर्दैन । सम्पत्ति शुद्धीकरणको अभियोगका कारण उनी निर्वाचित भइहालेमा निलम्बित अवस्थामा रहनुपथ्र्यो । अब भने सांसदको पदमा पुग्न र क्रियाशील हुन कुनै बाधा पर्दैन । यसले पनि अब चुनाव अघि नै देशको प्रधानमन्त्री हुने बाटो लामिछानेलाई खुलेको देखिन्छ ।
लामिछानेलाई नेतृत्व तहसम्म पुर्याउन कानुनीरुपमा बाटो खोलिदिन वर्तमान प्रधानमन्त्री कार्कीको समन्वयमा जिम्मेवार केही न्यायीक व्यक्तिहरु लागि परेको वुझिएको छ । केही साताअघि उच्च अदालत बुटबलको आदेशका कारण थुनामुक्त भएका रवि लामिछानेले आफूविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको अभियोगमध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता हुनुपर्ने माग राखी महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











