ताजा समाचार

कांग्रेसमा आधिकारिकता विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका छन् ।

विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता-कार्यकर्ताहरुको टोली आयोग पुगेका हुन्।

यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापा नेतृत्वको पदाधिकारीहरू विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका थिए।

त्यसबारे निर्वाचन आयोगले छानबिन गरिरहेको छ। त्यसको दोस्रो दिन शुक्रबार देउवा पक्षका नेता तथा कार्यकर्ताहरू देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको दावी गर्दै आयोग गएका हुन्।

देउवा पक्षले थापा नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएको छैन। देउवा पक्षले पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै थापा र शर्मालाई निष्काशनको घोषणा गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org