आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
नेपाली टोली विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो।
विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले टोलीलाई आज नै बिदाइ गरिएको क्यानले जनाएको छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले विश्वकपका लागि टोलीलाई शुभकामना व्यक्त गरे। ‘यो समग्र विश्वले हेर्ने प्रतियोगिता हो। हामी राम्रो गर्दै आएका छौं। खेलाडीदेखि व्यवस्थापन टिमसम्म सबैलाई शुभकामना छ,’ खड्काले भने, ‘भारतमा पनि नेपाली समर्थकले साथ दिनुहुनेछ भन्ने आशा छ।’
कप्तान रोहित पौडेलले टोलीको तयारी सन्तोषजनक रहेको बताए। ‘तयारी निकै राम्रो भइरहेको छ। अभ्यासबाट राम्रो बिल्डअप भएको महसुस भएको छ,’ उनले भने, ‘सन् २०२५ हाम्रो लागि उत्कृष्ट रह्यो। आशा छ, यो वर्ष पनि राम्रो हुनेछ र हामी सबै नेपालीलाई गर्व गराउनेछौं।’
टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘अभ्यासमार्फत योजनालाई अन्तिम रूप दिनेछौं। विश्वकपमा राम्रो प्रदर्शन गरेर सम्पूर्ण नेपालीलाई खुसी दिनेछौं,’ लले भने।
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। त्यसअघि टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ।
आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा यसअघि नै भइसकेको छ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











