गगन थापा समूहका महामन्त्री विधानतः अवैधानिक
काठमाडौं । निर्वाचन आयोगका अधुरा र अपुरा निर्णयले नेपाली कांग्रेसभित्र थप विवाद निम्त्याइरहेको छ । नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगले निरुपण गर्ने क्रममा सो पार्टीको विधानका आंशिक प्रावधानहरुलाई मात्रै आड लिएर गगनकुमार थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको छ । आयोगले गरेको निर्णयको विभिन्न राजनीतिक व्यक्ति, विश्लेषक, बुद्धीजीवी, कानुन व्यवसायीलगातयले विभिन्न टीकाटिप्पणी गरेका छन् ।
कांग्रेसको विधानको धारा ५९ अनुसार प्रदेशमा पराजित भइसकेका व्यक्तिहरु केन्द्रीय समितिमा चयन हुन सक्दैनन् । तर कोशी प्रदेश सभापतिमा पराजित गुरुराज घिमिरेलाई महामन्त्रीमा चयन गरिएको छ । २०७८ साल मंसिर तेस्रो हप्ता सार्वजनिक गरिएको परिणामअनुसार घिमिरे उद्धब थापासँग सभापति पदमा पराजित भएका थिए । यो कांग्रेस विधानअनुसार अबैध कार्य भएकाले कसरी घिमिरेलाई महामन्त्री पदमा चयन गरियो भन्ने सम्बन्धमा विभिन्न टीकाटीप्पणी भइरहेका छन् । यसैगरी केन्द्रीय सदस्य अर्जुन जोशीको चयन प्रक्रिया पनि विधानतः अवैधानिक छ ।
कांग्रेसको विधानमा पार्टीको तल्लो तहको कार्यसमितिको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो तहको पद स्वतः रिक्त हुने उल्लेख छ । साथै, प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार भएमा निजको प्रदेश अधिवेशन प्रतिनिधि पद स्वतः समाप्त हुनेछ । तर केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्यमा उम्मेदवार हुन यस धाराले बाधा पुयाएको मानिने छैन भनिएको छ ।
कांग्रेसको विधानको धारा ५९ मा ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन भन्ने व्यवस्था गरिएको छ । तर विशेष महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्यहरु चयन गर्दा गगन–विश्वलगायत नेताहरु र निर्वाचन आयोगका पदाधिकारीहरुले विधानको उपेक्षा गर्दै निर्णय गर्नु कानुनी राज्यको बर्खिलाप हो भन्नेमा दुई मत नहोला ।
तत्कालीन महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा देशभित्र र बाहिरका जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित पार्टीमा पेश भएको विशेष महाधिवेशनको माग र त्यसका आधारमा हालै सम्पन्न ‘विशेष महाधिवेशन’ले गरेको नेतृत्व चयनको विषयमा आयोगमा दुईथरी दावी परेपछि शुक्रबार आयोगले थापालाई पार्टीको नयाँ सभापतिमा वैधानिकता दिने निर्णय गरेको थियो ।
आधिकारिकतासम्बन्धी निर्णय गर्नेक्रममा आयोगमा रहेका तीन आयुक्तहरुमध्ये दुई जनाले विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमिति चयन भएको जानकारी पत्रलाई अध्यावधिक गर्ने निर्णयमा सहमति जनाएका थिए भने एक जनाले असहमति जनाएको तथ्य बाहिर आएको थियो।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












