ताजा समाचार

बब्लुले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजिनामा दिएका छन् । सुशिला कार्की नेतृत्वमा बनेको चुनावी सरकारमा कात्तिक ९ गते मन्त्री बनेका थिए ।

उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी रहेकाे बुझिएकाे छ । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

यसैबिच सञ्चारमन्त्री जगदिश खरेलले पनि राजिनामा दिने तयारी गरेकाे समाचारहरू अाइरहेका छन् । तर मन्त्री खरेलले भने पटकपटक सार्वजनिक रूपमै चुनाव लड्ने नलड्ने केही निर्णय गरि नसकेकाे बताउँदै अाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org