ताजा समाचार

केपी ओली आज झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गर्दैछन्। उनी आज बिहान साढे १० बजेको उडानमार्फत काठमाडौंबाट झापा जान लागेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयनको कार्यसूची रहेकाले अध्यक्ष ओली झापा जान लागेको बताइएको छ।

अध्यक्ष ओली यसअघि निरन्तर विजयी हुँदै आएको झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिँदैछन्। एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने तय भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org