यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ। सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ।
प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार आज बिहानसम्म टुंगो लगाउने तयारी कांग्रेसलगायत दलको छ। शीर्ष नेताहरू तथा टिकट पाएका अधिकांश उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व तथा सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगेका छन्। यसपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नहुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापामा मनोनयन दर्ता गर्दैछन् भने सभापति रवि लामिछाने चितवन पुग्ने क्रममा छन्।
निर्वाचन कार्यालयहरूले उम्मेदवारी दर्ताको समय तोकिसकेका छन्। आचारसंहिता लागू भइसकेकाले मनोनयनका क्रममा तडकभडक नगर्न निर्वाचन आयोगले दल र उम्मेदवारलाई आग्रह गरेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। त्यसपछि बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।
मनोनयनपत्रविरुद्ध उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरी र मनोनयनपत्रको जाँचबुझपछि पर्सि बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहनेछ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली र दिउँसो ४ देखि बेलुका ७ बजेसम्म चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











