यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ। सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ।
प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार आज बिहानसम्म टुंगो लगाउने तयारी कांग्रेसलगायत दलको छ। शीर्ष नेताहरू तथा टिकट पाएका अधिकांश उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व तथा सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगेका छन्। यसपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नहुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापामा मनोनयन दर्ता गर्दैछन् भने सभापति रवि लामिछाने चितवन पुग्ने क्रममा छन्।
निर्वाचन कार्यालयहरूले उम्मेदवारी दर्ताको समय तोकिसकेका छन्। आचारसंहिता लागू भइसकेकाले मनोनयनका क्रममा तडकभडक नगर्न निर्वाचन आयोगले दल र उम्मेदवारलाई आग्रह गरेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। त्यसपछि बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।
मनोनयनपत्रविरुद्ध उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरी र मनोनयनपत्रको जाँचबुझपछि पर्सि बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहनेछ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली र दिउँसो ४ देखि बेलुका ७ बजेसम्म चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











