महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३८ रन बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले मिलेर १० रन मात्रै जोड्न सके।
त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक थियो। सीता र रुबिनाले मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याए। रुबिनाले अविजित ३७ रन बनाइन् भने सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन बनाइन्। नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० रन बनाइन् भने रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्। नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिए भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। आजको जितसँगै नेदरल्यान्ड्स सुपर सिक्स चरणमा प्रवेश गरेको छ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











