६ महिनामा झन्डै ६ लाख नेपाली वैदेशिक रोजगारीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ९० हजार ७ सय १८ पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ५ लाख १४ हजार ३ सय ५० पुरुष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका छन्। यस अवधिमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।
पछिल्लो छ महिनाको तथ्यांक हेर्दा औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्, जसमा ५५ हजार ५ सय ४१ पुरुष र ७ हजार १८ महिला रहेका छन्।
विभागका अनुसार म्यानपावर कम्पनीमार्फत ३ लाख २५ हजार ४ सय ७ जना र व्यक्तिगत श्रम स्वीकृतिमार्फत ६४ हजार २ सय ६२ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सरकार–देखि–सरकार (जी–टु–जी) प्रक्रियाबाट ४ हजार ८ सय ६६ जना इजरायल, कोरिया र बेलायत पुगेका छन्। सोही अवधिमा बिनाकागजात विदेशमा काम गरिरहेका १४१ नेपालीलाई वैधानिकीकरण गरिएको छ। इजरायलमा मात्रै छ महिनामा जी–टु–जीमार्फत ६०८ जना पुगेका छन्।
पुस महिनामा नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरब बनेको छ, जहाँ १३ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारमा १२ हजार ४६, यूएईमा ९ हजार ५ सय १७, मलेसियामा ८ हजार ५ सय ३२ र कुवेतमा ४ हजार ३ सय ११ जना नेपाली पुगेका छन्।
खाडी मुलुकबाहेक युरोपेली देश रोमानियामा २ हजार ८ सय ६१ र क्रोएसियामा ९ सय ९ जना नेपाली पुगेका छन्। जापान, ओमान र बहराइनमा पनि नेपाली श्रमिकको उपस्थिति उल्लेख्य रहेको विभागले जनाएको छ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











