संखुवासभा जिल्लाका लागि डा. अर्जुन कार्की नै किन ?
न्यूज नेपाल डटकम । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर-९, तुम्लिङटारमा जन्मिएका डा. अर्जुन कार्की विकास, राजनीति र सामाजिक न्यायको विषयमा पिएचडी हुन् । डा. कार्कीको काम, अनुभव, शिक्षा, आन्दोलन, अभियान बारेमा खेलेको भूमिका र गरेको नेतृत्व बारेमा संक्षिप्तमा हेरौं :
१. विद्यार्थी राजनीतिदेखि राष्ट्रस्तरको अनुभव :
डा. अर्जुन कार्कीको नेतृत्व यात्रा २०३६ सालको विद्यार्थी राजनीतिबाट सुरु भएको हो । युवावस्थादेखि नै लोकतन्त्र, सामाजिक न्याय र समावेशी शासनका पक्षमा सक्रिय रहँदै उहाँले वैचारिक रूपमा परिपक्व, दीर्घकालीन र उत्तरदायी राजनीतिक अनुभव आर्जन गर्नुभएको छ ।
२. नेपालका लागि अमेरिकाका पूर्व राजदूत :
नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पूर्व राजदूतका रूपमा उहाँलाई अन्तर्राष्ट्रिय कूटनीति, विकास सहकार्य, शक्ति सन्तुलन र वैश्विक राजनीतिक संरचनाको गहिरो ज्ञान र बुझाइ छ ।
३. उच्च शैक्षिक योग्यता र अनुसन्धानमूलक दृष्टि :
• सन् १९९० मा त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक (B.Sc.) ।
• सन् १९९५ मा University of Manchester Institute of Science and Technology बाट Development Projects को Management and Implementation मा स्नातकोत्तर (M.Sc.) ।
• सन् २००१ मा University of East Anglia बाट “The Politics of Poverty and Movements from Below in Nepal” विषयमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ ।
शैक्षिक र अनुसन्धान अनुभवले उहाँलाई गरिबी, संरचनागत असमानता र जनआन्दोलनको राजनीति गहिराइसम्म बुझ्ने क्षमता प्रदान गरेको छ ।
४. लोकतन्त्र, मानव अधिकार र दिगो विकासका दृढ अभियानकर्ता :
डा.कार्कीले नेपालमा लोकतन्त्र सुदृढीकरण, मानव अधिकार संरक्षण र दिगो विकास प्रवर्द्धनका लागि निरन्तर र प्रतिबद्ध रूपमा काम गर्नुभएको छ। उहाँको नेतृत्व अभ्यास सिद्धान्तमा सीमित नभई व्यवहार र परिणाममा आधारित छ ।
५. ग्रामीण विकास र अन्तर्राष्ट्रिय नेतृत्व अनुभव :
• सन् १९८९ देखि Rural Reconstruction Nepal (RRN) का अध्यक्ष ।
• सन् २००४ देखि LDC Watch का अन्तर्राष्ट्रिय संयोजक ।
यी जिम्मेवारी मार्फत् उहाँले नेपाल मात्र होइन, विश्वका कम विकसित राष्ट्रहरूको साझा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउँदै आउनुभएको छ।
६. अन्तर्राष्ट्रिय सम्मान
सन् २०११ मा दक्षिण कोरियास्थित Bishop Tji Hak-Soon Justice and Peace Foundation बाट Justice and Peace Award प्राप्त गर्नुभएको थियो, जुन गरिब र सीमान्तकृत समुदायको अधिकार संरक्षण तथा विकासमा उहाँको असाधारण योगदानको अन्तर्राष्ट्रिय मान्यता हो।
निष्कर्ष :
• देशलाई आज नारा होइन, नीति चाहिएको छ ।
• भावना होइन, स्पष्ट दृष्टि चाहिएको छ ।
• भीड होइन, बौद्धिक र अनुभवी नेतृत्व चाहिएको छ ।
डा. अर्जुन कार्की केवल सङ्खुवासभाका लागि मात्र होइन, समग्र राष्ट्रका लागि आवश्यक नेता हुनुहुन्छ । सरकार सहभागी हुने अवस्थामा उहाँ परराष्ट्र मन्त्रीको भूमिकामा उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक, सन्तुलित र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने स्पष्ट क्षमता राख्नुहुन्छ ।
• समग्र देशभरिका उम्मेदवारहरूमध्ये दृष्टि, क्षमता, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वसनीयताका आधारमा संखुवासभा जिल्लाका लागि सबैभन्दा सक्षम र उपयुक्त उम्मेदवार डा. अर्जुन कार्की रहेको कुरामा कुनै द्विविधा छैन् ।
-राजकुमार थापाबाट
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












