संखुवासभा जिल्लाका लागि डा. अर्जुन कार्की नै किन ?
न्यूज नेपाल डटकम । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर-९, तुम्लिङटारमा जन्मिएका डा. अर्जुन कार्की विकास, राजनीति र सामाजिक न्यायको विषयमा पिएचडी हुन् । डा. कार्कीको काम, अनुभव, शिक्षा, आन्दोलन, अभियान बारेमा खेलेको भूमिका र गरेको नेतृत्व बारेमा संक्षिप्तमा हेरौं :
१. विद्यार्थी राजनीतिदेखि राष्ट्रस्तरको अनुभव :
डा. अर्जुन कार्कीको नेतृत्व यात्रा २०३६ सालको विद्यार्थी राजनीतिबाट सुरु भएको हो । युवावस्थादेखि नै लोकतन्त्र, सामाजिक न्याय र समावेशी शासनका पक्षमा सक्रिय रहँदै उहाँले वैचारिक रूपमा परिपक्व, दीर्घकालीन र उत्तरदायी राजनीतिक अनुभव आर्जन गर्नुभएको छ ।
२. नेपालका लागि अमेरिकाका पूर्व राजदूत :
नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पूर्व राजदूतका रूपमा उहाँलाई अन्तर्राष्ट्रिय कूटनीति, विकास सहकार्य, शक्ति सन्तुलन र वैश्विक राजनीतिक संरचनाको गहिरो ज्ञान र बुझाइ छ ।
३. उच्च शैक्षिक योग्यता र अनुसन्धानमूलक दृष्टि :
• सन् १९९० मा त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक (B.Sc.) ।
• सन् १९९५ मा University of Manchester Institute of Science and Technology बाट Development Projects को Management and Implementation मा स्नातकोत्तर (M.Sc.) ।
• सन् २००१ मा University of East Anglia बाट “The Politics of Poverty and Movements from Below in Nepal” विषयमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ ।
शैक्षिक र अनुसन्धान अनुभवले उहाँलाई गरिबी, संरचनागत असमानता र जनआन्दोलनको राजनीति गहिराइसम्म बुझ्ने क्षमता प्रदान गरेको छ ।
४. लोकतन्त्र, मानव अधिकार र दिगो विकासका दृढ अभियानकर्ता :
डा.कार्कीले नेपालमा लोकतन्त्र सुदृढीकरण, मानव अधिकार संरक्षण र दिगो विकास प्रवर्द्धनका लागि निरन्तर र प्रतिबद्ध रूपमा काम गर्नुभएको छ। उहाँको नेतृत्व अभ्यास सिद्धान्तमा सीमित नभई व्यवहार र परिणाममा आधारित छ ।
५. ग्रामीण विकास र अन्तर्राष्ट्रिय नेतृत्व अनुभव :
• सन् १९८९ देखि Rural Reconstruction Nepal (RRN) का अध्यक्ष ।
• सन् २००४ देखि LDC Watch का अन्तर्राष्ट्रिय संयोजक ।
यी जिम्मेवारी मार्फत् उहाँले नेपाल मात्र होइन, विश्वका कम विकसित राष्ट्रहरूको साझा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउँदै आउनुभएको छ।
६. अन्तर्राष्ट्रिय सम्मान
सन् २०११ मा दक्षिण कोरियास्थित Bishop Tji Hak-Soon Justice and Peace Foundation बाट Justice and Peace Award प्राप्त गर्नुभएको थियो, जुन गरिब र सीमान्तकृत समुदायको अधिकार संरक्षण तथा विकासमा उहाँको असाधारण योगदानको अन्तर्राष्ट्रिय मान्यता हो।
निष्कर्ष :
• देशलाई आज नारा होइन, नीति चाहिएको छ ।
• भावना होइन, स्पष्ट दृष्टि चाहिएको छ ।
• भीड होइन, बौद्धिक र अनुभवी नेतृत्व चाहिएको छ ।
डा. अर्जुन कार्की केवल सङ्खुवासभाका लागि मात्र होइन, समग्र राष्ट्रका लागि आवश्यक नेता हुनुहुन्छ । सरकार सहभागी हुने अवस्थामा उहाँ परराष्ट्र मन्त्रीको भूमिकामा उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक, सन्तुलित र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने स्पष्ट क्षमता राख्नुहुन्छ ।
• समग्र देशभरिका उम्मेदवारहरूमध्ये दृष्टि, क्षमता, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वसनीयताका आधारमा संखुवासभा जिल्लाका लागि सबैभन्दा सक्षम र उपयुक्त उम्मेदवार डा. अर्जुन कार्की रहेको कुरामा कुनै द्विविधा छैन् ।
-राजकुमार थापाबाट
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











