ताजा समाचार

नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट

ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट सम्पन्न भयो । भेटका अवसरमा नेपाल चीन बीच सदिऔंदेखि कायम रहेको मैत्रीपूर्ण संबन्धका बिबिध पक्षहरूमा चर्चा भएको थियो ।

भेटमा दुइ देशका बीच कायम प्राज्ञिक, सामाजिक र सांस्कृतिक संबन्धलाइ अझ बलियो बनाउन क्रियाशील रहने, दुई देशका प्राज्ञ, सञ्चारकर्मी र संस्कृतिकर्मीहरु बीचको संबन्ध स्थापित गरी निरन्तरता दिने, सीमा क्षेत्रका युवाहरु बीच सहकार्य स्थापित गर्ने जस्ता विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा दुई देशका विश्वविद्यालय र शैक्षिक संस्थाहरु बीच अनुभव आदान प्रदान गर्ने र एक अर्काको संस्कृति प्रबर्द्धनका लागि पहल गर्ने कुराकानी समेत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org