देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत अर्थात् दुई खर्ब ९९ अर्ब ८५ करोड रुपैयाँले बढी हो ।
गत आवको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । गत पुस महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा मात्रै एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
यससँगै चालु आवको ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा पाँच अर्ब ५८ करोड अमेरिकी डलर रेमिट्यान्स रहेको थियो ।
रेमिट्यान्स बढ्नुको मुख्य आधार वैदेशिक रोजगारी हो । सो अवधिसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार ७३३ जना रहेको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३० हजार ४३९ र एक लाख ६२ हजार ६२८ जना रहेको थियो ।
यससँगै यस अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













