भ्रष्टाचार र घुसखोरीका लागि कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ भन्ने मान्यता सहीः हरि भट्टराई
काठमाडौं । न्याय सेवामा कार्यरत हरि भट्टराईले प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ भन्ने मान्यता सही भएको उल्लेख गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले भनेको विषयबस्तुमा केन्द्रित हुँदै न्याय सेवामा कार्यरत भट्टराईले यस्तो बताएका हुन् । हाल प्रधानमन्त्री तर विगतमा न्यायालयको नेतृत्वमा रहँदा पनि भ्रष्टाचार र घूसखोरी देखिएको भट्टराईले संकेत गरेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भट्टराई लेख्छन्, “प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ” भन्ने मान्यता सही हो । त्यही मापदण्ड अनुसार उहाँ न्यायालयको नेतृत्वमा रहँदा संस्थाभित्र देखिएका विकृति–विसंगति, विवाद र अव्यवस्थाप्रति नैतिक तथा संस्थागत जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।”
आयोगको स्थापना दिवसका अवसरमा सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले “भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो । त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ र जवाफदेही पनि बन्नुपर्दछ ” भन्ने जनाएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले भनेजस्तै मापदण्ड न्यायालयमा पनि लागू हुने भट्टराईले प्रष्ट पारेका छन्। त्यही मापदण्डअनुसार वर्तमान प्रधानमन्त्री कार्की तत्कालीन अवस्थामा न्यायालयको नेतृत्वमा रहँदा संस्थाभित्र देखिएका विकृति–विसंगति, विवाद र अव्यवस्थाप्रति नैतिक तथा संस्थागत जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने थियो भन्ने संकेत गरेका छन् ।
पद केवल अधिकारको आसन मात्र नभई जवाफदेहिताको कठोर परीक्षा पनि भएको उल्लेख गर्दै शक्ति जति उच्च हुन्छ, उत्तरदायित्व त्यति नै गम्भीर हुनुपर्ने भट्टराईले बताएका छन्।
न्याय सेवामा कार्यरत हरि भट्टराईले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको तस्तै:
“प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि कार्यालय प्रमुख नै जिम्मेवार हुन्छ” भन्ने मान्यता सही हो । त्यही मापदण्ड अनुसार उहाँ न्यायालयको नेतृत्वमा रहँदा संस्थाभित्र देखिएका विकृति–विसंगति, विवाद र अव्यवस्थाप्रति नैतिक तथा संस्थागत जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ। पद केवल अधिकारको आसन होइन, जवाफदेहिताको कठोर परीक्षा पनि हो। शक्ति जति उच्च हुन्छ, उत्तरदायित्व त्यति नै गम्भीर हुनुपर्छ।”
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












