ताजा समाचार

बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

काठमाडौं ।बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

लगत्तै आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् । बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी०ले दुईतिहाइ बहुमत पाएको छ ।

बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको सपथ लिँदैछन् । उनको सपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org