नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुग्नुभएको छ ।
यहाँस्थित नेपालको राजदूतावासका अनुसार द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै नवस्थापित नेपाली दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ । यहाँ रहँदा परराष्ट्र सचिवले नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल पनि गर्नुहुनेछ । हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपालीको बसोबास छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा दूतावासका अन्य अधिकारी रहने छन् । प्रतिनिधिमण्डल आगामी आइतबार स्वदेश फर्कने छ । सन् २०१८ मा नेपाल–पोर्चुगल परामर्श संयन्त्र स्थापना भएको हो । –रासस
Comments
अरु समाचार
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...
-
नयाँ महान् यात्रामा नयाँ प्रयास, जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउँदै
बेइजिङ । शरद् ऋतुको सुनौलो हावा शीतल छ र चीनका पहाड तथा नदीहरू सुन्दर देखिएका छन्। नयाँ यात्रामा अघि बढ्दै...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...












