२६ सय ४२ दशमलव १५ बिन्दुमा नेप्से, सातामा १६ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय ४२ दशमलव १५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५२ दशमलव ६७ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय ५४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ६३ हजार छ सय ३४ पटकको कारोबारमा चार करोड एक लाख ७५ हजार चार सय ५० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ३० करोड ७१ लाख ८४ हजार सात ७६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ३५ अर्ब रुपैंयाँले कम हो ।
नेप्सेमा गत साता तीन सय ३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ९२ हजार पाँच सय ६३ पटकको कारोबारमा १२ करोड १७ लाख ८१ हजार ५३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५० अर्ब ८४ करोड ४८ लाख ७९ हजार तीन ८७ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा दुई कार्य दिन मात्र खुल्ला रहेको थियो । खुलेको मध्ये दोस्रो र तेस्रो दिन नैं नेप्से घटेको थियो भने बाँकी दिनहरुमा सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
दोस्रो दिन नेप्से परिसुचक आठ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार छ सय ६२ दशमलव ९१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६६ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि नेप्से परिसुचक २० दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार छ सय ४२ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ६७ बिन्दुमा झरेको थियो । चौंथो र पाँचौं दिन पनि सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा रिडी हाईड्रोपावर कम्पनी, आखुखोला जलबिद्युत आदि अगाडि परेकाका छन भने सेयर कारोवार भएको पनि यिनै कम्पनीहरुको वर्चश्व रहेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












