टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि, बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर–एटका खेल शुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले यसअघि नै सुपर–एटमा स्थान बनाएका छन् ।
सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–एटमा पुगेका हुन् ।
साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ । विश्वकपको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ मा हुनेछ ।
यसैबीच समूह चरणको हिजो भएको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई हराएको छ । अस्ट्रेलियाले ओमानलाई ९ विकेटले हराएको हो । ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो । यी दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए ।
Comments
अरु समाचार
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...
-
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग
काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ ।...
-
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी, मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन अब १२ दिन बाँकी रहेको छ । निर्वाचनको दिन...
-
२६ सय ४२ दशमलव १५ बिन्दुमा नेप्से, सातामा १६ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय ४२ दशमलव १५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर
काठमाडौं – तपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएको टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान दिन सक्ने महत्त्वपूर्ण अवसर...
-
पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा...
-
फागुन २१ को निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह: एमाले अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको बताएका छन्...
-
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास...
-
कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’
काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र 'प्रतिज्ञापत्र' सार्वजनिक गरेको छ । कांग्रेसले काठमाडौंमा...











