दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको छ । नयाँ दिल्लीमा भएको एआई समिटमा युथ कांग्रेसका सदस्यहरूले शर्टलेस विरोध प्रदर्शन गरेका थिए।
दिल्ली प्रहरीले प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको र गहिरो अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले प्रदर्शनकारीहरूले क्यूआर कोड प्रयोग गरेर प्रवेश गरेको र यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको बताएको छ। नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको भारत मण्डपमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’का क्रममा युथ कांग्रेसका सदस्यहरूले गरेको ‘सर्टलेस’ विरोध प्रदर्शनबारे दिल्ली प्रहरीले अदालतमा महत्त्वपूर्ण दाबी गरेको छ ।
प्रहरीले रिमान्ड माग्ने क्रममा अदालतलाई प्रदर्शनको शैली छिमेकी देश नेपालमा भएको जेनजी आन्दोलनबाट प्रेरित भएको र सम्पूर्ण घटनाक्रमको गहन अनुसन्धान भइरहेको जानकारी गराएको छ । दिल्ली प्रहरीले प्रदर्शनमा संलग्न चार आरोपितलाई अदालतमा पेस गर्दै पाँच दिनको प्रहरी हिरासत माग गरेको छ । प्रहरीका अनुसार प्रदर्शनको योजना, यसमा संलग्न व्यक्तिहरू र सम्भावित षड्यन्त्रका विभिन्न पक्षहरूको गहन अनुसन्धानका लागि हिरासत आवश्यक छ । पक्राउ परेका आरोपितहरू युथ कांग्रेससँग सम्बन्धित रहेको बताइएको छ ।
भारतीय मिडियाका उल्लेख भएको जानकारी अनुसार भारत मण्डपममा चलिरहेको अन्तर्राष्ट्रिय एआई समिटका क्रममा केही युवाले अचानक सर्ट खोलेर विरोध प्रदर्शन सुरु गर्दै नाराबाजी गरेका थिए । कार्यक्रममा विदेशी प्रतिनिधि, उद्योग जगतका वरिष्ठ अधिकारी र प्राविधिक विशेषज्ञहरू उपस्थित रहेकाले केही समयका लागि हंगामा मच्चिएको थियो ।
यस घटनापछि सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेका छन् । कडा सुरक्षा प्रबन्धका बाबजुद प्रदर्शनकारी कार्यक्रमस्थलसम्म कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिहरू क्यूआर कोडमा आधारित प्रवेश प्रणाली प्रयोग गरी भित्र प्रवेश गरेको खुलेको छ । प्रहरीका अनुसार प्रदर्शनको शैली नेपालमा हालैको जेनजी विरोध प्रदर्शनहरूसँग मिल्दोजुल्दो छ । अनुसन्धान एजेन्सीहरूले प्रदर्शनको रणनीति सामाजिक सञ्जाल वा कुनै अन्तर्राष्ट्रिय आन्दोलनबाट प्रभावित थियो कि थिएन भनेर पनि पत्ता लगाइरहेको बताएका छन् ।
यस घटनापछि राजनीतिक माहोल पनि गर्माएको छ । विपक्षी दलहरूले यसलाई युवाहरूको अभिव्यक्ति भनेका छन् भने सत्ता पक्षले अन्तर्राष्ट्रिय आयोजनका क्रममा यस्तो प्रदर्शनलाई देशको छविमा क्षति पुर्याउने कदम बताएको छ । दिल्ली प्रहरीले यस मामिलामा आपराधिक षडयन्त्रसहित विभिन्न धाराहरूमा अनुसन्धान जारी राखेको जनाएको छ । अधिकारीहरूका अनुसार सीसीटीभी र भिडियो फुटेजहरू हेरेर अन्य सम्भावित आरोपितहरूको पहिचान गरिँदै छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












