दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको छ । नयाँ दिल्लीमा भएको एआई समिटमा युथ कांग्रेसका सदस्यहरूले शर्टलेस विरोध प्रदर्शन गरेका थिए।
दिल्ली प्रहरीले प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको र गहिरो अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले प्रदर्शनकारीहरूले क्यूआर कोड प्रयोग गरेर प्रवेश गरेको र यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको बताएको छ। नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको भारत मण्डपमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’का क्रममा युथ कांग्रेसका सदस्यहरूले गरेको ‘सर्टलेस’ विरोध प्रदर्शनबारे दिल्ली प्रहरीले अदालतमा महत्त्वपूर्ण दाबी गरेको छ ।
प्रहरीले रिमान्ड माग्ने क्रममा अदालतलाई प्रदर्शनको शैली छिमेकी देश नेपालमा भएको जेनजी आन्दोलनबाट प्रेरित भएको र सम्पूर्ण घटनाक्रमको गहन अनुसन्धान भइरहेको जानकारी गराएको छ । दिल्ली प्रहरीले प्रदर्शनमा संलग्न चार आरोपितलाई अदालतमा पेस गर्दै पाँच दिनको प्रहरी हिरासत माग गरेको छ । प्रहरीका अनुसार प्रदर्शनको योजना, यसमा संलग्न व्यक्तिहरू र सम्भावित षड्यन्त्रका विभिन्न पक्षहरूको गहन अनुसन्धानका लागि हिरासत आवश्यक छ । पक्राउ परेका आरोपितहरू युथ कांग्रेससँग सम्बन्धित रहेको बताइएको छ ।
भारतीय मिडियाका उल्लेख भएको जानकारी अनुसार भारत मण्डपममा चलिरहेको अन्तर्राष्ट्रिय एआई समिटका क्रममा केही युवाले अचानक सर्ट खोलेर विरोध प्रदर्शन सुरु गर्दै नाराबाजी गरेका थिए । कार्यक्रममा विदेशी प्रतिनिधि, उद्योग जगतका वरिष्ठ अधिकारी र प्राविधिक विशेषज्ञहरू उपस्थित रहेकाले केही समयका लागि हंगामा मच्चिएको थियो ।
यस घटनापछि सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेका छन् । कडा सुरक्षा प्रबन्धका बाबजुद प्रदर्शनकारी कार्यक्रमस्थलसम्म कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिहरू क्यूआर कोडमा आधारित प्रवेश प्रणाली प्रयोग गरी भित्र प्रवेश गरेको खुलेको छ । प्रहरीका अनुसार प्रदर्शनको शैली नेपालमा हालैको जेनजी विरोध प्रदर्शनहरूसँग मिल्दोजुल्दो छ । अनुसन्धान एजेन्सीहरूले प्रदर्शनको रणनीति सामाजिक सञ्जाल वा कुनै अन्तर्राष्ट्रिय आन्दोलनबाट प्रभावित थियो कि थिएन भनेर पनि पत्ता लगाइरहेको बताएका छन् ।
यस घटनापछि राजनीतिक माहोल पनि गर्माएको छ । विपक्षी दलहरूले यसलाई युवाहरूको अभिव्यक्ति भनेका छन् भने सत्ता पक्षले अन्तर्राष्ट्रिय आयोजनका क्रममा यस्तो प्रदर्शनलाई देशको छविमा क्षति पुर्याउने कदम बताएको छ । दिल्ली प्रहरीले यस मामिलामा आपराधिक षडयन्त्रसहित विभिन्न धाराहरूमा अनुसन्धान जारी राखेको जनाएको छ । अधिकारीहरूका अनुसार सीसीटीभी र भिडियो फुटेजहरू हेरेर अन्य सम्भावित आरोपितहरूको पहिचान गरिँदै छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













