निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह
काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए/नभएका विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो ।
काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकामा काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ ।
प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ/हानि पुग्नसक्नेतर्फ सचेत गराउँदै काउन्सिलले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुनेहुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ । आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन ध्यानाकर्षण गराइएको छ ।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...












