झन्डै २२ अंकले बढ्याे नेप्से, कारोबार रकम घट्यो
काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन दुई दशमलव ४१ अंकले बढेको नेप्से आज मंगलबार पनि २१ दशमलव ६२ अंकले बढेर २६ सय ३८ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले बढेर चार सय ५३ दशमलव ३७ अंकमा पुगेको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार नौं सय ३८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २३ करोड २४ लाख सात हजार छ सय १३ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन पाँच अर्ब १३ करोड रुपैंयाँको शेयर किनबेच भएको थियो ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १२ अंकले बढेर १३ सय ५८ दशमलव ६८ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६२ दशमलव ३२ अंकले बढेर पाँच हजार छ सय ३६ दशमलव २० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि १५ दशमलव ५४ अंकले बढेर २४ सय ३३ दशमलव ७९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ६८ अंकले बढेर ३४ सय ७० दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ८५ अंकले बढेर १२ हजार छ सय छ दशमलव ९३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव २४ अंकले बढेर १० हजार आठ सय ४१ दशमलव ७४ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ४३ दशमलव शुन्य चार, शुन्य दशमलव ६३, एक सय ५८ दशमलव ३०, ३७ दशमलव ९८, शुन्य दशमलव शुन्य दुई, सात दशमलव ६३ र ५३ दशमलव ७१ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल एसबिआई बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एसवाई प्यानल नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












