अहिले रास्वपाको सरकार छ, फागुन २१ गतेपछि रहँदैन: एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार भन्ने आशयको टिप्पणी गरेका छन् । बिहीबार झापा-५ मा हिमालय टेलिभिजनसँग कुराकानी गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
चुनावी कार्यक्रमकै दौरानमा पत्रकारले ओलीसँग ‘रास्वपाले त दुई तिहाइको सरकार बनाउने भन्दैछ नि ?’ भनेर सोध्दा ओलीले भनेका छन्, ‘होइन, २१ गते अघि त रास्वपाको मात्रै सरकार छ नि ! उसैको मात्र सरकार छ । सिंगै छ नि !’
तर, फागुन २१ गतेपछि भने रास्वपाको सरकार नबन्ने उनले दाबी गरे । ‘२१ गतेपछि रहन्न । बङ्गलादेश देख्नुभएन,’ ओलीले भने । यस्तै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ३० हजार मतान्तरले हराउने दाबी गरेको विषयमा पनि ओलीले प्रतिक्रिया दिएका छन् ।
‘देख्या हो भने सपना हो, नदेख्या भए कविता हो । त्यो कुरा गलत हो,’ ओलीले भने । आफू झापा–५ मा २०/२५ हजार मतान्तरले जित्ने उनले बताए । आफूविरुद्ध लड्ने एक जना बालेन मात्र नयाँ नभई बाँकी सबै उम्मेदवार नयाँ नै रहेको उनले बताएका छन् ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












