शेखर कोइरालामाथि षडयन्त्र गर्न खोजियो, आरोप पूर्णतः कपोलकल्पित: स्वकीय सचिव थपलिया
विराटनगर । अनलाइन सञ्चारमाध्यममा प्रकाशित एउटा समाचारप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले गम्भीर आपत्ति जनाउँदै सबै आरोप पूर्णतः असत्य र भ्रामक भएको बताएका छन् ।
निर्वाचनमा होमिएका बेला डा. कोइरालामाथि षडयन्त्र गर्न खोजिएको आशय व्यक्त गर्दै उनले आरोप पूर्णतः कपोलकल्पित भएको बताए । थपलियाले जारी गरेको प्रेस वक्तव्यमा आफूलाई पार्टी सभापति गगनकुमार थापालाई निर्वाचनमा पराजित गराउने कथित षड्यन्त्रमा संलग्न रहेको भनी लगाइएको आरोप तथ्यहीन, अपुष्ट र कपोलकल्पित भएको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘जिम्मेवार नेताको स्वकीय सचिवका रूपमा संगठनको मूल्य, मान्यता र अनुशासनविपरीत कुनै गतिविधिमा संलग्न हुनु त परको कुरा । त्यस्तो सोचसमेत राखिँदैन ।’ नेतृत्व, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि कार्यमा आफ्नो संलग्नता नरहेको थपलियाले प्रष्ट पारेका छन् ।
वक्तव्यमा लेखिएको छ, ‘यस्ता आरोपले व्यक्तिगत प्रतिष्ठा मात्र नभई समग्र संगठन र लोकतान्त्रिक अभ्यासमाथि नै आघात पुर्याउँछ ।’ वक्तव्यमा समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग कुनै प्रकारको भेटघाट वा संवाद नभएको पनि स्पष्ट पारिएको छ ।
तथाकथित अडियो सामग्रीसमेत भ्रामक भएको दाबी गर्दै उनले आवश्यक परे स्वतन्त्र फोरेन्सिक परीक्षण गराउन तयार रहेको जनाएका छन् । थपलियाले यस विषयलाई लिएर सम्बन्धित निकायसँग परामर्श भइरहेको जानकारी दिँदै व्यक्तिगत प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी उपचारको विकल्पसमेत खुला राखिएको बताएका छन् ।
राजनीतिक रूपमा संवेदनशील समयमै यस्ता अपुष्ट समाचार सार्वजनिक हुनु दुःखद् भएको उल्लेख गर्दै उनले आम जनसमुदायलाई तथ्यमा आधारित सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका छन् । शुक्रबार वक्तव्य जारी गर्दै उनले ‘सत्य सधैं स्पष्ट हुने’ उल्लेख गरेर भ्रमपूर्ण प्रचारबाट सचेत रहन पार्टी पंक्ति र शुभेच्छुकहरूलाई अपिल गरेका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवारसमेत रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका पार्टी सभापति गगनकुमार थापालाई हराउन र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहलाई जिताउन कार्यकर्ता परिचालन गरेको अडियो बाहिरिएको भन्दै समाचार सार्वजनिक भएको थियो । समाचारमा शेखरका तर्फबाट उनका स्वकीय सचिव थपलियाले थापालाई चुनाव हराउने विषयसँग सम्बन्धित कुरा गरेको भनेर अडियो सार्वजनिक गरिएको छ । त्यही सन्दर्भमा प्रेस वक्तव्य जारी गरेर थपलियाले खण्डन गर्दै स्पष्टीकरण दिएका हुन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












