काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका हुन् । प्रहरीहरु हातहतियार र बन्दोबस्तीका सामानसहित जिम्मेवारीमा खटिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जनाए ।
प्रहरी प्रधान कार्यालयस्थित एआईजी उमाप्रसाद चतुर्वेदी नेतृत्वको केन्द्रीय निर्वाचन सेलको समन्वयमा ती प्रहरी देशका विभिन्न भागमा खटिएका हुन् । उक्त सेलमा निर्वाचनका रणनीतिक विषयको अध्ययन गर्न एसएसपी दयानिधी ज्ञवालीलाई सुरक्षा तथा विश्लेषण महाशाखा प्रमुख तोकिएको छ भने परिचालन तथा नियन्त्रणको जिम्मेवारी अर्का एसएसपी सुवासचन्द्र बोहोराले पाएका छन् ।
केन्द्रीय सेलले देशभरि परिचालित भएका जनशक्तिलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन दिने छ । यद्यपि, सुरक्षा रणनीति भने जिल्लापिच्छे फरक हुने कारण सम्बन्धित प्रदेशका प्रहरी प्रमुख ९डीआईजी०ले नियन्त्रण र निर्देशन दिने छन् । ती डीआईजीलाई पनि प्रधान कार्यालयबाट तोकिएका एआईजीले सुपरीवेक्षण गर्ने व्यवस्था छ ।
तोकिएका सबै एआईजी अहिले सम्बन्धित प्रदेशकै निर्वाचन सुरक्षामा व्यस्त रहेको प्रवक्ता काफ्लेले बताए । अहिले काठमाडौंमा उपत्यकाका १५ निर्वाचन क्षेत्रको सुरक्षा र उपत्यकास्थित प्रहरी कार्यालय सुरक्षाका लागि आवश्यक पर्ने जनशक्तिमात्रै तैनाथ छ । तीनै प्रहरी परिसर र बृत्तका कार्यालय प्रमुख साविककै जिम्मेवारीमा छन् ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













