शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज ध्वस्त पारिएको छ ।
भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनका रूपमा चित्रण गरेका छन् । हाल यस अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक जहाज र बमवर्षक विमान सहभागी छन् ।
कुपरले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको तीव्रता सन् २००३ को इराक युद्धको सुरुवाती ‘शक एन्ड अवे’ बमबारीभन्दा झन्डै दोब्बर रहेको बताएका छन् । यस भीषण हमलाबाट इरानको वायु रक्षा प्रणालीमा गम्भीर क्षति पुर्याउनुका साथै सयौँ ब्यालिस्टिक मिसाइल, लन्चर र ड्रोन नष्ट गरिएको अमेरिकी दाबी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि आफूले इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको स्पष्ट पारेका छन् । इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडामा चौथो रातसम्म लगातार जवाफी हमला जारी राखेको छ । दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा समेत आक्रमण गरेको छ ।पछिल्लो तथ्याङ्कअनुसार शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७८७ पुगेको छ ।
यसैबीच इजरायलले इरानको सहर कोमस्थित ‘एसेम्बली अफ एक्सपर्ट्स’ को भवनलाई निशाना बनाएको छ । इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेपछि राष्ट्रपति ट्रम्पले ट्याङ्करलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको बताएका छन् ।
यो युद्धको बाछिटा छिमेकी मुलुकमा पनि देखिन थालेको छ । इजरायलले लेबनानको बेरुत र सिडोनमा बमबारी गर्दै दक्षिणी क्षेत्रमा आफ्ना सैनिकलाई थप सक्रिय बनाएको छ । तेल मार्गमा देखिएको अवरोधका कारण इराकले आफ्ना ठूला तेल क्षेत्रबाट उत्पादन ठप्प पारेको छ ।
यो युद्धको असर खाडी मुलुकमा परेको छ । धेरै नेपाली खाडी मुलुकमा रहेकाले यो तनावको सिधा असर नेपालका घरघरमा पुगेको छ । यूएईमा यही युद्धमा परेर केही नेपालीले ज्यानसमेत गुमाइसकेका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












