कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म
रास्वपा ९८ सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ ।
आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार
कोशी
१. नरेन्द्रकुमार केरुङ- पाँचथर
२. सन्तोष सुब्बा- तेह्रथुम
३. प्रकाशसिंह कार्की- सोलुखुम्बु
मधेश
१. मो. फिरदोश आलम- रौतहट २
गण्डकी
१. टेकबहादुर गुरुङ- मनाङ
२. योगेश गौचन थकाली- मुस्ताङ
लुम्बिनी
१. सन्दीप राना- पाल्पा-१
२. अभिषेकप्रताम शाह- कपिलवस्तु ३
कर्णाली
१. जयपती रोकाया- हुम्ला
२. खडकबहादुर बुढा- जाजरकोट
३. वासना थापा- दैलेख
४. विष्णुबहादुर खड्का- कर्णाली १
सुदूरपश्चिम
१. भरतकुमार स्वार- अछाम १
२. भरतबहादुर खड्का- डोटी
यसैबीच याे समाचार तयार पार्दासम्म अहिलेसम्म एमालेबाट ७ जना निर्वाचित भएका छन् । गणना जारी रहेका ठाउँमा पनि ३ क्षेत्रमा मात्र अग्रता छ ।
एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम-२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् ।
लुम्बिनीमा बाँके २ बाट मो. इश्तियाक राई, कर्णालीमा दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिममा बझाङबाट ऐनबहादुर मगर र दार्जुलाबाट गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । एमालेले लिड गरिरहेको २ क्षेत्रमध्ये मुगुमा खड्ग शाही र बाजुरामा जनकराज गिरी रहेका छन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












