चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याए संगै सो पछि पहिलो दिन सोमबार खुलेको शेयर बजारमा उछाल देखिएको छ । रास्वपाको जीत संगै स्थिर सरकार बन्ने आम नागरिकको अपेक्षाका कारण पनि शेयर बजारले नयाँ उचाई लिइएको हो । सो अनुसार नेप्सेमा आज लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द भएको छ ।
नेप्से आज एक सय ६२ दशमलव ९३ अर्थात छ प्रतिशतले बढेर २८ सय ७५ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २८ दशमलव ११ अंकले बढेर चार सय ९४ दशमलव ४३ अंकमा पुगेको छ । बजार खुलेलगत्तै नेप्से चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।
त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । सो पश्चात नेप्से १२ बजेर १ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ । सोही अनुसार नेप्से आज निर्धारित समय भन्दा झण्डै तीन घण्टा अघि नै बन्द भएको हो ।
नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ४० हजार ५१ पटकको कारोबारमा ११ लाख ४३ हजार सात सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५५ करोड ५९ लाख ६३ हजार आठ सय ९४ रुपैंयाँ ६६ पैसा पुगेको छ । नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ९७ दशमलव १९ अंकले बढेर १५ सय एक दशमलव ३८ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि तीन सय ४२ दशमलव ७४ अंकले बढेर छ हजार एक सय ३३ दशमलव १३ अंकमा पुगेको छ । फाईनान्स समूहको सूचक पनि एक सय ३८ दशमलव ६९ अंकले बढेर २६ सय ७३ दशमलव ४२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि दुई सय ४३ दशमलव ७५ अंकले बढेर तीन हजार आठ सय २० दशमलव ७० अंकमा पुगेको छ ।
जीवन बीमा समूहको सूचक पनि छ सय १० दशमलव ३२ अंकले बढेर १३ हजार छ सय ६० दशमलव ४४ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि चार सय १७ दशमलव ९० अंकले बढेर ११ हजार पाँच सय ६९ दशमलव ६३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः चार सय २२ दशमलव ९१, सात दशमलव ५०, चार सय ९७ दशमलव छ, दुई सय एक दशमलव १०, शुन्य दशमलव शुन्य तीन, एक सय ३० दशमलव ९२ र दुई सय ८२ दशमलव ३८ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...











