भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् । फोन संवादमा प्रधानमन्त्री मोदीले रवि–बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । मोदीलाई रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा धन्यवाद दिएका छन् । रास्वपाले अघि सारेको विकास कुटनीतिलाई प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्दिका लागि मिलेर काम गर्ने लामिछानेले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीसँग लामिछाने र बालेनले दुई देशबिचको सम्बन्धलाई अझै माथि लैजानका लागि पारस्परिक सहकार्यका विषयमा काम गर्ने बताएका छन् । उनीहरुले कनेक्टिभिटी र बाणिज्य तथा उर्जाको विषयमा मिलेर काम गर्न चाहेको पनि उल्लख गरेका छन् । मोदीसँग फोन संवादपछि ट्वीटरमा लामिछानेले लेखेका छन्- हामी भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, उर्जा, व्यापार जस्ता विषयमा दुवै देशको हित हुनेगरी सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहन्छौं ।
Comments
अरु समाचार
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...












