वायु प्रदूषण अस्वस्थको तहमा, सचेत रहन कामपाको आग्रह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।
यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ । प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ । कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो ।
विभाग प्रमुख सरिता राईले वायु प्रदूषण हुनुको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण गतिविध भएकाले वायु प्रदूषण गर्ने गतिविधि कम गर्न आग्रह गरे । वायु प्रदूषण हुँदा बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी तथा स्वासप्रस्वाससम्बन्धी समस्या भएका बिरामी तथा दीर्घरोग लागेका बिरामी बढी जोखिममा पर्ने भएकाले थप सचेत रहन पनि कामपाले आग्रह गरेको छ ।
कामपाले नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत सम्भार गर्न, सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउन, प्लास्टिकजन्य सामग्री नबाल्न, निर्माणजन्य सामाग्री फुटपाथमा नराख्न, उद्योग कलकारखाना, अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्न गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । -रासस
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












