इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम एसियामा जारी इजरायल–इरानबीच आक्रमण लगातार बढिरहेको र परिस्थिति अत्यन्तै तनावपूर्ण बनिरहेका ट्रम्पको यस्तो भनाइ आएको हो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफ्ना सैन्य लक्ष्य लगभग हासिल गरिसकेको बताएका छन् । अमेरिकाको उद्देश्य इरानको मिसाइल शक्तिलाई ध्वस्त पार्नु, रक्षा संरचनालाई कमजोर बनाउनु र उसलाई परमाणु क्षमता हासिल गर्नबाट रोक्नु रहेको पनि सञ्जालमा लेखेका छन् ।
अबको अवस्थामा युद्धलाई क्रमशः अन्त्य गर्ने दिशामा सोच्न सकिने उनले बताए ।
ग्यास फिल्डमा भएको आक्रमण, युद्धको नयाँ मोड
यसै हप्ता इजरायलले इरानको एउटा महत्त्वपूर्ण ग्यास फिल्डमा आक्रमण गरेपछि परिस्थिति थप बिग्रिएको छ । यसको जवाफमा इरानले कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो एलएनजी प्लान्टलाई निशाना बनायो । यो टकरावको सीधा असर विश्व बजारमा परेको छ, जसका कारण तेल तथा ग्यासको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।इरान युद्धका सन्दर्भमा ट्रम्पका पाँच प्रमुख लक्ष्य थिए । जसमा इरानको मिसाइल क्षमता र लन्च प्रणालीलाई पूर्ण रूपमा समाप्त गर्ने, रक्षा उद्योगलाई कमजोर बनाउनुका साथै क्षति पुर्याउने रहेका छन् ।
यसैगरी, एन्टि–एयरक्राफ्ट प्रणालीसहित इरानको नौसेना र वायुसेना शक्तिलाई सिध्याउने, इरानलाई परमाणु हतियार क्षमता हासिल गर्नबाट हरहालतमा रोक्ने तथा इजरायल, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सजस्ता सहयोगी देशहरूको सुरक्षा सुनिश्चित गर्ने रहेका छन् ।
युद्धबीच बढ्दो क्षति
इरानको जवाफी आक्रमणमा एक अमेरिकी एफ–३५ लडाकु विमानमा क्षति पुगेको खबर आएको छ । यद्यपि, पाइलट सुरक्षित रहेको बताइएको छ । यसैबीच तेलको बढ्दो मूल्य र आपूर्ति संकटलाई ध्यानमा राख्दै अमेरिकाले समुद्रमा फसेका इरानी तेल ट्यांकरहरूलाई अस्थायी राहत दिने निर्णय गरेको छ ।
के साँच्चै युद्ध रोकिन्छ ?
ट्रम्पको बयानले अमेरिका युद्धलाई लम्ब्याउने पक्षमा नरहेको संकेत दिएको छ । तर, जमिनको वास्तविक अवस्था अझै पनि तनावपूर्ण छ । इरान–इजरायलबीच आक्रमण जारी छन् । कुनै पनि समय परिस्थिति थप भयावह हुन सक्ने देखिन्छ । यस्तो अवस्थामा कूटनीतिक प्रयास सफल हुन्छन् वा संघर्ष अझ गहिरिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...












