‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागितारहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित यही चैत ५ गतेदेखि मेला सुरु भएको थियो । मेला कुल ६० हजार ७०० जनाले अवलोकन गरेका थिए ।
मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ ।
गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४ दशमलव २७ प्रतिशतले घटेर रु १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
निर्याततर्फ भने एक सय नौ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए आईसीसी अन्तर्गतको ‘पीएनओ’ संयोजक कुमार कार्कीद्वारा एक लाख रुपियाँ सहयोग
काठमाडौँ । भोटेकोशीका बाढीपीडितहरूका लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गतको (पीपुल अफ नेपाली अरिजिन) PNO का...
-
संसदमा दर्ता भएको नयाँ भवन ऐनमा के छ ? ५० वर्ष पुगेका घरको ५–५ वर्षमा परीक्षणलगायत समावेश
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा...
-
वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट...
-
संसदमा पेस भयो संघीय निजामती विधेयक, के-के भयो कर्मचारीलाई व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...













