ठमेलमा अभद्र व्यवहार गरेको आरोपमा २० विदेशी महिला पक्राउ
काठमाडौँ, चैत ११ गते । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ।
ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गरी यौनजन्य क्रियाकलापका लागि दबाब दिने र सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रवक्ता पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२६, फायरचोकस्थित सार्वजनिक सडकबाट उनीहरूलाई फेला पारेको थियो। पक्राउ परेका सबै महिलाहरू अफ्रिकी मुलुक युगान्डाका नागरिक हुन्। प्रहरीका अनुसार उनीहरूले बाटो हिँड्ने पुरुष पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने र अभद्र व्यवहार गर्ने गरेका थिए।
पक्राउ परेका २० जना विरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूको विवरण (युगान्डाका नागरिक):
१, नाफुना ब्रेन्डा (Nafuna Brenda)
२, नान्दुत हाजराह (Nandut Hajarah)
३, किराबो प्रोसु (Kirabo Prossu),
४, तुसेमेरिर्वे सिलिभिया (Tushemerirwe Silivia),
५, मार्गरेट कालुले नाबुन्या
६, नाकालेम्बे हसिफा (Nakalembe Hasifa)
७, तुमुसुमे ग्रेस (Tumusume Grace),
८, हागावा हदिजा (Hagawa Hadijah),
९, नाकिम्सरा सादिया (Nakimsra Shadia)
१०, एमबाबजी डाफिने (Mbabzi Daphyne)
११, एम्पिरे सिफ्रा (Ampeire Shifrah)
१२, नान्दुदु बेही (Nandudu Behy)
१३, नामबोजु फ्रान्सिका (Nambozu Franscica)
१४, काहामा हजराह बाकमुलिसा (Kahama Hajarah Bakmulisa)
१५, निमुसिमा म्याक्लिन (Nimusiima Macklean)
१६, नाकातो बेनान्कान्ज्को (Nakato Benankanjko)
१७, नान्जान्जी (Nanyanzi)
१८, नाट्टु कासिता (Nattu Kasita)
१९, नुमान्सी आरविना (Nhumansi Rbinanh)
२०, नाल्वाडा स्पेसियोजा (Nalwadda Specioza) Source: gorkhapatraonline
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...












