देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
काठमाडौँ ।लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ । उहाँले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गर्नुभएको छ । राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा वाग्लेले दुई दशकभन्दा बढी समय अन्तरराष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ ।
नीति तथा योजना निर्माणमा पनि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उहाँ सफल नेतत्व गरिसक्नुभएको छ ।
नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गर्नुभएका डा वाग्ले विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । हाल उहाँ रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । डा वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आउनुभएको छ । गोरखा जन्मिनुभएएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किंनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिनुहुन्छ ।
विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको छ । सोही अनुभवका कारण उहाँ अन्तरराष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आउनुभएको छ । उच्च शिक्षालगत्तै उहाँले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभएको थियो । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा वाग्लले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गर्नुभएको छ ।
योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले अगाडि सार्नुभएको अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा सो जिम्मेवारीमा रहँदा उहाँले मुलुकको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गर्नुभएको थियो ।
खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्नुहुने डा वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवं विकास रणनीतिकर्ताका रूपमा स्थापित हुनुहुन्छ । “राजनीति कोरो कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ”, भन्ने उहाँले मत राख्दै आउनुभएको छ ।
निर्वाचनका क्रममा डा वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाउनुभएको थियो । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाउनुभएको थियो ।
डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिनुहुन्छ । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उहाँले सदनमा खेल्नुभएको भूमिका पनि स्मरणीय रहेको छ ।
उहाँका विभिन्न अन्तरराष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा वाग्लेकोे विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ । खासगरी, अर्थतन्त्र र विकास नीतिमा उहाँको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ । रासस
Comments
अरु समाचार
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने...
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
विश्व स्वास्थ्य संकटकालको घोषणा, नेपालमा उच्च सतर्कता
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा...
-
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएको सरकारको निष्कर्ष, विद्युतीय चुह्लोमा अनुदान दिइने
काठमाडौँ। आर्थिक वर्ष २०९२ र ९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका...












