पेट्रोल, डिजेल, मट्टीतेल तथा एलपी ग्यासको मूल्य हालका लागि यथावत, हवाइ इन्धनकाे मूल्य बढ्याे
काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रूपमा उच्च दरले वृद्धि भइरहेका बेला नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा एलपी ग्यासको मूल्य हालका लागि यथावत राख्ने निर्णय गरेको छ ।
निगमका अनुसार चैत १७ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर ४१ रुपैयाँ ६० पैसा, डिजेल तथा मट्टीतेलमा ९४ रुपैयाँ ९३ पैसा, एलपी ग्यासमा १९० रुपैयाँ ३६ पैसा तथा हवाइ इन्धनमा १२३ रुपैयाँ ८० पैसा वृद्धि भएको छ । निगमका अनुसार मूल्य यथावत राख्दा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना हुनेछ । त्यसैलाई मध्यनजर गर्दै हवाइ इन्धनमा भने ‘नो प्रफिट, नो लस’ (ब्रेक–इभन) स्थितिमा पुग्ने गरी मूल्य समायोजन गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण निगमको घाटा अप्रत्यासित रूपमा बढ्दै गएको र यसले वित्तीय अवस्था कमजोर बनाउनुका साथै आपूर्ति प्रणालीमै असर पर्ने जोखिम रहेको पनि निगमले उल्लेख गरेको छ । यसैबीच निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगमा मितव्ययिता अपनाउन सम्पूर्ण उपभोक्तालाई आग्रहसमेत गरेको छ ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











