एमालेको आकस्मिक बैठकले गर्यो ६ महत्वपूर्ण निर्णय
काठमाडौं । नेकपा एमालेको आकस्मिक बैठकले ६ वटा निर्णय गरेको छ । बैठकले रामबहादुर थापा बादलले बिहीबार सदनमा बोलेको विवादास्पद अभिव्यक्ति सच्याएको छ । च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता निर्वाचनको विषयमा भइरहेको आलोचनाको प्रष्टीकरण दिँदै पार्टीको हस्तक्षेप नरहेको पनि प्रष्ट पारेको छ ।
प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने औपचारिक निर्णय पनि सो पार्टी बैठकले गरेको छ । यसैगरी बैठकले वालेन्द्र शाह नेतृत्वको सरकार र निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायतमा धन्यवाद व्यक्त गरेको छ ।
सचिवालय बैठकले एमाले कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिलाविरुद्ध लगातार साइबर आक्रमण भइरहेको भन्दै प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । साइबर आक्रमणमा संलग्नलाई कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
विद्यार्थी संगठनहरू खारेजी र प्रतिबन्ध लगाउने निर्ण फिर्ता लिन आग्रह गरिएको छ । त्यस्तै सरकारी विज्ञापन निजी सञ्चार माध्यमहरू निषेधको निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने एमालेको ठहर छ । पश्चिम एशियमा जारी हिंसाले बीसौं लाख नेपाली असुरक्षित भएको भन्दै घर फर्कन चाहनेलाई सुरक्षित फर्कने व्यवस्था मिलाउन एमालेको माग छ ।
Comments
अरु समाचार
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...












