इरानले खसालेको अमेरिकी लडाकू विमानका एक पाइलटको उद्धार, अर्का वेपत्ता
काठमाडौं । इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकू विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले उद्धार गरेको एसोसिएटेड प्रेसले जनाएको छ । अर्का एकजना अझै बेपत्ता छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पारेको र युद्ध निकै छिटो अन्त्य गर्ने दाबी गरेको दुई दिनपछि नै अमेरिकी विमान खसालिनुले युद्धको मैदानमा परिस्थितिको गम्भीरता र जटिलतालाई थप प्रस्ट पारेको छ ।
यसका साथै, इरानी सरकारी सञ्चारमाध्यमले इरानी रक्षा बलको प्रहारबाट अमेरिकी ए–१० अट्याक एयरक्राफ्ट पारस खाडीमा खसेको दाबी गरेका छन् । इरानमा विमान दुर्घटनाग्रस्त भएपछि अमेरिकी सेनाले सञ्चालन गरेको ‘खोज तथा उद्धार’ अभियानका क्रममा एक सदस्यलाई सुरक्षित निकालिएको हो भने अर्कोको खोजी जारी रहेको बताइएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान एफ–१५ई स्ट्राइक इगल थियो । सुरुमा यसलाई एफ–३५ लाइटनिङ २ भनिए पनि मलबेको तस्बिर विश्लेषणपछि एफ–१५ई भएको पुष्टि गरिएको छ । यस प्रकारको विमानमा दुई सदस्य, एक पाइलट र एक हतियार प्रणाली अधिकारी हुन्छन् । इरानको रेभोलुसनरी एयरोस्पेस फोर्सको उन्नत वायु रक्षा प्रणालीले दक्षिण–पश्चिमी क्षेत्रमा उक्त विमान खसालेको दाबी गरिएको छ ।
पाइलटहरूको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी आउन सकेको छैन । ह्वाइट हाउस की प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पलाई घटनाबारे जानकारी गराइएको पुष्टि गरेकी छन् । तर, थप विवरण सार्वजनिक गरिएको छैन । केही च्यानलहरूले पाइलटलाई देख्नेबित्तिकै गोली हान्न वा जीवितै पक्राउ गर्नेलाई इनाम दिने घोषणा गरेको पनि उल्लेख गरिएको छ ।
इरानको तस्निम न्युज एजेन्सीले भने हराइरहेका पाइलट इरानी सुरक्षा बलको नियन्त्रणमा हुन सक्ने संकेत गरेको छ । अमेरिकी सेनाले आफ्ना पाइलटहरूलाई बचाउन ब्ल्याक हक हेलिकोप्टर र सी–१३० हर्कुलिस विमान प्रयोग गर्दै ‘कम्ब्याट सर्च एन्ड रेस्क्यू’ अभियान सञ्चालन गरेको थियो ।
तर, इरानी सञ्चारमाध्यमहरूले उक्त अभियान असफल भएको र पाइलट उनीहरूको नियन्त्रणमा रहेको दाबी गरेका छन् । यो घटना कोहकिलुयेह र बोयर–अहमद प्रान्तमा भएको बताइएको छ, जुन तेहरानबाट करिब ५०० किलोमिटर दक्षिण–पश्चिममा पर्दछ । पहाडी र दुर्गम भूगोलका कारण खोज तथा उद्धार अभियान चुनौतीपूर्ण बनेको छ ।
यदि, यो घटना आधिकारिक रूपमा पुष्टि भई हराइरहेको पाइलट इरानको नियन्त्रणमा रहेको प्रमाणित भयो भने अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ । यसले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वलाई अझ गम्भीर मोडमा लैजान सक्ने देखिएको छ । अहिले अमेरिकी सेन्ट्रल कमान्ड र पेन्टागनबाट आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...












