एकै रातमा इरानी सभ्यता ‘खत्तम पारिदिने’ ट्रम्पको चेतावनी, डेमोक्र्याट् नेताले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् । उनले यो मंगलबार राति हुन सक्ने समेत बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अत्यन्तै कडा चेतावनी दिँदै यदि मंगलबार मध्यरातसम्म सम्झौता नगरे अमेरिकाले इरानका ऊर्जा प्लान्ट, पुल र अन्य पूर्वाधारहरू बमले उडाउन सक्ने बताए ।
ट्रम्पले एउटा अत्यन्तै जोखिमपूर्ण बचाउ अभियानको विवरण पनि बताए । उनले इरानमा एउटा एफ–१५ लडाकु विमान खसेको बताए । उनका अनुसार, दुवै पाइलटहरू बाहिर निस्कन सफल भए पनि एकजना पाइलट शत्रुको इलाकामा भित्री जंगल र पहाडमा फसेका थिए ।एक पाइलटको बचाउ अभियानका बारेमा ट्रम्पले पहिलो चरणमा २१ वटा विमान भारी गोलाबारीका बीच गएको बताए । दोस्रो चरणमा बम्बर, फाइटर जेट, ट्यांकर र उद्धार हेलिकोप्टरसहित कुल १५५ विमान सामेल भएको बताए । उनका अनुसार, घाइते अवस्थामा रहेका पाइलट पहाड चढ्दै, आफैँले आफ्नो उपचार गर्दै अमेरिकी सेनासँग सम्पर्कमा रहे ।
ट्रम्पले भने, “यो हालका वर्षहरूका सबैभन्दा खतरनाक अपरेसन थियो । हामीले १०० सैनिक गुमाउन सक्थ्यौँ, तर मात्र एक–दुईजनालाई चोट लाग्यो ।” ट्रम्पका अनुसार, बचाउका क्रममा इरानलाई भ्रममा पार्न धेरै विमानहरू विभिन्न बाटाहरूबाट गएका थिए ।अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने आफ्नो अभद्र शब्दसहितको धम्की पुनः दोहोर्याएपछि धेरै डेमोर्क्र्याट नेताले निन्दा गरेका छन् । विपक्षी डेमोर्क्र्याट विधायकले उनको मानसिक स्थिरतामाथि प्रश्न उठाएका हुन् ।
ट्रम्पले इरानका पावर प्लान्ट र पुलमा बमबारी गर्ने धम्की दिएका थिए । कानुनविज्ञले यो कार्य युद्ध अपराध हुने बताएका छन् । इरानी मूलकी कंग्रेस सदस्य यासमिन अन्सारीले ट्रम्पलाई कार्यकालका निम्ति अनुपयुक्त भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्, “अमेरिकी राष्ट्रपति एक विक्षिप्त व्यक्ति हुन् र हाम्रो देश तथा बाँकी विश्वका लागि राष्ट्रिय सुरक्षा खतरा हुन् ।”
विगत दुई हप्ताभन्दा बढी समयदेखि ट्रम्पले इरानले होर्मुज जलमार्ग नखोले उसको नागरिक पूर्वाधार मेटाउने धम्की दिँदै आएका छन् । तर, आइतबार ‘अल्लाह’को नाम लिएर गरिएको अपशब्दयुक्त सन्देशले विश्वभरका आलोचकलाई स्तब्ध बनाएको छ ।काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने आफ्नो अभद्र शब्दसहितको धम्की पुनः दोहोर्याएपछि धेरै डेमोक्र्याट् नेताले निन्दा गरेका छन् । विपक्षी डेमोक्र्याट् विधायकले उनको मानसिक स्थिरतामाथि प्रश्न उठाएका हुन् ।
ट्रम्पले इरानका पावर प्लान्ट र पुलमा बमबारी गर्ने धम्की दिएका थिए । कानुनविज्ञले यो कार्य युद्ध अपराध हुने बताएका छन् ।इरानी मूलकी कंग्रेस सदस्य यासमिन अन्सारीले ट्रम्पलाई कार्यकालका निम्ति अनुपयुक्त भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्, “अमेरिकी राष्ट्रपति एक विक्षिप्त व्यक्ति हुन् र हाम्रो देश तथा बाँकी विश्वका लागि राष्ट्रिय सुरक्षा खतरा हुन् ।”
विगत दुई हप्ताभन्दा बढी समयदेखि ट्रम्पले इरानले होर्मुज जलमार्ग नखोले उसको नागरिक पूर्वाधार मेटाउने धम्की दिँदै आएका छन् । तर, आइतबार ‘अल्लाह’को नाम लिएर गरिएको अपशब्दयुक्त सन्देशले विश्वभरका आलोचकलाई स्तब्ध बनाएको छ ।डेमोर्क्र्याट नेता एवं पूर्वसीआईए एजेन्ट इलिसा स्लोतकिनले नागरिक पूर्वाधारमाथिको आक्रमण जेनेभा महासन्धि र पेन्टागनको आफ्नै युद्धसम्बन्धी निर्देशिकाको उल्लंघन हुने बताएकी छन् । प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले आफ्ना ‘साथी’ विधायकलाई युद्ध रोक्न आह्वान गर्दै लेखेका छन्, “यी खतरनाक र मानसिक रूपमा असन्तुलित व्यक्तिका अभिव्यक्ति हुन् । कांग्रेसले अहिल्यै कदम चाल्नुपर्छ । यो युद्ध अन्त्य गर ।”
युद्धको बढ्दो आलोचनाबीच ट्रम्पका रिपब्लिकन सहयोगी भने उनको समर्थनमा उभिएका छन् ।कंग्रेस सदस्य डोन ब्याकनले आलोचकलाई ‘भ्रममा रहेको’ आरोप लगाउँदै इरानी सरकारले सन् १९७९ देखि करिब एक हजार अमेरिकीको हत्या गरेको जिकिर गरेका छन् । ठूलो हताहतीका बाबजुद ट्रम्पले इरानी आफ्नो देशमा बमबारी भएको हेर्न चाहने सोमबार टिप्पणी गरेका छन् । “इरानी जनता जब बम पड्केको सुन्दैनन्, उनीहरू दुःखी हुन्छन्,” ट्रम्पले भने, “उनीहरू बमको आवाज सुन्न चाहन्छन्, किनभने उनीहरू स्वतन्त्र हुन चाहन्छन् ।”
पछि उनले नागरिक पूर्वाधारमा बमबारी गर्नु युद्ध अपराध हुने जिकिरलाई अस्वीकार गरेका थिए । उनले आफ्नो लक्ष्य इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएका छन् । ट्रम्पले सन् २०२५ जुनमा गरिएको अमेरिकी आक्रमणबाट इरानको परमाणु कार्यक्रम ध्वस्त भएको जिकिर गर्दै आएका छन् । आफ्नो मानसिक स्वास्थ्यबारे डेमोर्क्र्याटको चिन्ताप्रति प्रतिक्रिया दिँदै ट्रम्पले भने, “त्यसो हो भने तपाईंहरूले मजस्तै अझ धेरै मानिस देख्नुहुनेछ, किनभने म नआएसम्म धेरै वर्षदेखि व्यापार र अरू सबै क्षेत्रमा हाम्रो देश लुटिइरहेको थियो ।”
Comments
अरु समाचार
-
FNCCI को नेतृत्वमा बटु लामिछानेलाई किन दिने भोट ? ‘बोल्ने मात्र होइन, काम गर्ने व्यक्तित्व’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र...
-
दुई मोटरसाइकल ठोकिँदा एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको ज्यान गयो
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन...
-
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, को कतिऔं नम्बरमा ?
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् ।...
-
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
काठमाडौं । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री...
-
प्रहरीको गोली लागेर रुपन्देहीमा एक घाइते, लागुऔषधिसहित तीनजना पक्राउ
बुटवल । रुपन्देहीमा लागुऔषध जाँचका क्रममा भाग्ने मोटरसाइकललाई प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
-
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको परमादेश
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको...
-
ओली–लेखक बन्दी प्रत्यक्षीकरण रिटः महान्यायाधिवक्ता कँडेलले निवेदनको विपक्षबाट बहस गर्दै
काठमाडौं । नवनियुक्त तथा विवादास्पद महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको...
-
तत्कालीन प्रम ओली र गृहमन्त्री लेखकलाई थप पाँचदिन हिरासतमा राखिने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन...
-
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
काठमाडौं– सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । आइतबारको मन्त्रिपरिषद्ले...












