FNCCI को नेतृत्वमा बटु लामिछानेलाई किन दिने भोट ? ‘बोल्ने मात्र होइन, काम गर्ने व्यक्तित्व’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र नतिजामुखी काम गर्न सक्ने नेतृत्वको खोजी सुरु भएको छ। यसै सन्दर्भमा, जलविद्युत र भौतिक पूर्वाधार क्षेत्रमा सफल इतिहास बनाएका बटु लामिछानेले एसोसिएट समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेपछि व्यवसायीहरूमा नयाँ उत्साह देखिएको छ।
बिहीबार महासंघको केन्द्रीय कार्यालय पुगेर मनोनयन दर्ता गराएका लामिछानेले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई, निजी क्षेत्रको “भ्वाइस” लाई नीतिगत तहसम्म पुर्याउनका लागि भएको स्पष्ट पारेका छन्।
किन दिने बटु लामिछानेलाई भोट ?
१. चार दशकको व्यावसायिक अनुभव: २०४२ सालमा बैंकको जागिर छोडेर गलैँचा उद्योगदेखि जलविद्युतको ४०० मेगावाटे लक्ष्यसम्म आइपुग्दा लामिछानेले व्यवसायका उतारचढावलाई नजिकबाट भोग्नुभएको छ। संकटमा व्यवसाय कसरी जोगाउने र विस्तार कसरी गर्ने भन्ने उहाँसँग प्रयोगात्मक ज्ञान छ।
२. उर्जा र पूर्वाधारका विज्ञ: इन्द्रावतीदेखि चाखुखोलासम्म दर्जनौँ आयोजना सफलतापूर्वक सम्पन्न गर्नुभएका लामिछाने बीजी ग्रुप (BG Group) मार्फत देशको उर्जा संकट टार्न अहोरात्र खटिनुभएको छ। उहाँको उपस्थितिले महासंघमा जलविद्युत र निर्माण क्षेत्रका समस्या समाधानमा ठूलो बल पुग्नेछ।
३. लगानी विविधीकरणका प्रवर्द्धक: जलविद्युत मात्र होइन, पर्यटन (घान्द्रुक, चितवन र भैरहवाका होटल), कृषि र सूचना प्रविधि क्षेत्रमा पनि उहाँको लगानी फैलिएको छ। अर्थतन्त्रका सबै क्षेत्र बुझेकाले उहाँले महासंघमा समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्न सक्नुहुन्छ।
४. युवा पुस्ताका मेन्टर: “अनुभवलाई युवाको जोससँग जोड्नुपर्छ” भन्ने मान्यता राख्ने लामिछाने नयाँ पुस्ताका उद्यमीहरूलाई सधैँ प्रोत्साहित गर्ने नेताका रूपमा चिनिनुहुन्छ।
उम्मेदवारको प्रतिबद्धता: “बोल्ने मात्र होइन, डेलिभरी गर्ने नेतृत्व”
उम्मेदवारी दर्तापछि लामिछानेले भन्नुभयो “देशको जल, जमिन र जंगलमा अपार सम्भावना छ। तर नीतिगत अस्पष्टताले व्यवसायीहरू समस्यामा छन्। मैले ४० वर्षमा जे भोगेँ, त्यो समस्या अबका युवा व्यवसायीले भोग्नु नपरोस् भन्नका लागि मेरो उम्मेदवारी हो।”
चुनावी एजेन्डाहरू:
नीतिगत पैरवी: निजी क्षेत्र मैत्री कानुन निर्माणका लागि सरकारसँग सशक्त लबिइङ गर्ने।
उद्यमीको सुरक्षा: लगानीकर्ताको आत्मबल बढाउने र उद्योगीहरूको मान-मर्दन हुने वातावरणको अन्त्य गर्ने।
स्वदेशी उत्पादनलाई प्राथमिकता: निर्यातमुखी व्यवसायलाई प्रोत्साहन र सहुलियतका लागि विशेष पहल गर्ने।
बैंक र महालेखाको जागिर छोडेर व्यवसायमा आएका बटु: गलैँचाबाट सुरु, बनाए दर्जनौँ हाइड्रो
नेपालको जलविद्युत विकासमा सम्झिनैपर्ने केही नामहरुको सूचीमध्ये अग्र पङ्तिमा आउने नाम हो ‘बटु लामिछाने’ । लामिछाने कुनै सम्भ्रान्त परिवारमा जन्मिएका होइनन् । सामान्य परिवारमै जन्मिएर अहिले जलविद्युतको विकासमा जमेका एक निर्भिक पात्र हुन् ।
काठमाडौँमै जन्मिएपनि अहिलेको जस्तो स्थिति थिएन । उनका बुबा र हजुरबुबा नै कर्मचारी थिए । त्यसैले पढेर जागिर खानुपर्छ र त्यसबाट हुने आम्दानीले आफ्नो दैनिकी चलाउनुपर्छ भन्ने त्यतिबेलाको सामाजिक चिन्तन उनको परिवारमा पनि नहुने कुरै भएन ।
वाणिज्य र बजारशास्त्रमा स्नातक गरेका उनले बिजनेशमै स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनले लोकसेवा पास गरेर केही वर्ष महालेखामा जागिर पनि गरे । त्यसपछि बैंकमा करियर खोज्न थाले । २०३८ सालमा वाणिज्य बैंकमा प्रवेश गरेका उनी २०४२ सालमै जागिर छोडेर निस्किए ।
अनि व्यवसायिक यात्राको आरम्भ
‘बैंकमा काम गर्दै जाँदा व्यवसाय गर्नुपर्ने रहेछ भन्ने सोच आउन थाल्यो । त्यहीँ भएर मैले ४ वर्ष जागिर गरेर बैंक छोडेँ’ बटु स्मरण गर्छन्, ‘त्यसपछि २०४२ सालमा मैले गलैँचा र धागोको व्यवसाय सुरु गरेँ ।’
काम गर्दै जाँदा २०४७ सालमा उनले कारखाना स्थापना गरे । काठमाडौँको धुम्बाराहीमा ‘सिद्धी विनायक उल कार्डिङ उद्योग’ भनेर उनले उत्पादन सुरु गरे । त्यसका लागि न्युजिल्याण्डबाट ऊन आयात गर्थे, टिबेटबाट आयात भएको ऊन पनि खरिद गर्थे ।
कामकै शिलशिलामा उनले कार्पेटको निर्यात गर्ने प्रक्रिया पनि बुझ्न थाले । नभन्दै ब्लुबर्ड बिल्डिङ लाजिम्पाटबाट उत्पादन गरिएका कार्पेट २०५० सालबाट विदेशमा समेत जान थाले ।
काम गर्दै जाँदा उनीसँग विभिन्न क्षेत्रका साथीहरु जोडिए । अन्नतः उनले कन्स्ट्रक्शन क्षेत्रमा पनि हात हाले । ‘युनिभर्सल कोइ’बाट चल्तीका प्रोजेक्टहरु बनाउने कामको नेतृत्व गरे । काठमाडौँ प्लाजा, बोटलर्स नेपाल जस्ता परियोजना यहीँ कम्पनीमार्फत बनेका हुन् ।
लामिछानेका अनुसार त्रिभुवन विश्वविद्यालयका पुस्तकालय, एकेडेमिक बिल्डिङ, परीक्षा नियन्त्रण कार्यालय र साइन्स कलस्टर पनि उनकै कम्पनीले चिनियाँ जेभीसँग मिलेर सम्पन्न गरेको हो । यत्तिको काम गरेपछि अब जलविद्युत परियोजना पनि बनाउन सकिन्छ भन्ने हिम्मत आएको उनी स्मरण गर्छन् ।
‘कन्स्ट्रक्शनको काम गरेपछि हाइड्रोपावर गर्न सक्ने हिम्मत आएको हो’ उनी भन्छन्, ‘यसपछि इन्द्रावती परियोजना बनाउने विषयमा हामीले छलफल पनि ग¥यौँ । तर, काम चाहिँ गर्न पाएनौँ । तैपनि जलविद्युत प्रोजेक्ट गर्नुपर्छ भन्ने चाहिँ लागिरह्यो ।’
त्यसपछि लगातार जलविद्युत आयोजनामै सक्रिय
बटु लामिछानेले प्रोजेक्ट डाइरेक्टरका रुपमा चाकुखोला आयोजनाको निर्माण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेले । १ मेगावाटको यो आयोजना पछि १.५ मेगावाटको बन्यो । यो नै उनले प्रत्यक्ष संलग्न भएर बनाएको पहिलो आयोजना थियो । त्यसपछि थोपल खोला आयोजना पनि १ मेगावाटको थियो, पछि १.६ मेगावाटको बन्यो ।
यसरी काम गर्ने शिलशिलामा बटुको भेट गणेश कार्कीसँग भयो । अनि उनीहरुले मिलेर क्वीनकाङ अलवनवार्ड हाइड्रो इक्वीपमेन्ट कम्पनी स्थापना गरे । यो कम्पनीमार्फत बटु र गणेशले ४० वटा प्रोजेक्टमा इक्वीपमेन्ट सप्लाई गरे । बटु र गणेशले कामकै शिलशिलामा ‘ग्रुप अफ कम्पनीज्’को मोडलमा जाने निधो गरे । अनि जन्मियो ‘बीजी ग्रुप’ ।
त्यसकै शिलशिलामा उनीहरुले वैभव पावर नेपाल स्थापना गरे । उनीहरुले ५ मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गर्ने सोच बनाए । जसमा बटु लामिछोन, गणेश कार्की, सैलेन्द्र गुरागाई र डा. भोगेन्द्र गुरागाईं जोडिए ।
त्यसपछि क्रिन हाइडल कम्पनीको मेजर सेयर पनि खरिद गरे । ३ मेगावाटको युनियन हाइडल, १ मेगावाटको सभा खोला, १.५ मेगावाटको चाकु ए, १.८ मेगावाटको चाकु बी र १.८ मेगावाटकै चाकु सी आयोजना पनि उनीहरुले सम्पन्न गरे ।
सिंगटी, शीवश्री, बेनी र खानी खोलाका २ वटा प्रोजेक्ट पनि सम्पन्न भइसकेका छन् । पिपुल्स हाइड्रो अन्तर्गतको ५४ मेगावाट क्षमताको सुपरदोर्दी आयोजना पनि सम्पन्न भइसकेको छ । यसरी बटु लामिछाने लगातार जलविद्युत परियोजनाको विकासमा केन्द्रित भए ।
४०० मेगावाटसम्म बनाउन सक्ने आत्मविश्वास
अहिले बीजी ग्रुप अन्तर्गत निर्माण सम्पन्न भएका र निर्माणाधिन गरेर ५०० मेगावाट भन्दा बढी क्षमताका आयोजना छन् । केही आयोजनाहरु चाँडै सम्पन्न हुने चरणमा पनि छन् ।
‘अहिले सम्मको हाम्रो अनुभवले यो ग्रुपमार्फत हामीले ४०० मेगावाट सम्मका आयोजना सजिलै बनाउन सक्ने आत्मविश्वास आर्जन गरेका छौँ’ बटु भन्छन्, ‘१ मेगावाटको आयोजना बनाएर सुरु गरिएको यात्राले नै अहिले यत्तिको आत्मविश्वासी बनाएको हो ।’
नेपालको अपार जलशक्तिलाई उपयोग गर्ने सरकारी नीति हुनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउने हो भने आफ्नो ग्रुपले नै ४०० मेगावाट सम्मका आयोजना बनाएर बिजुली उत्पादन गर्न सक्ने सामर्थ्य राख्ने उनी बताउँछन् ।
पर्यटन, आईटी र उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै
बीजी ग्रुपले अहिले लगानी विविधिकरण गर्दैछ । पर्यटन, सूचना प्रविधि, कृषि र निर्यात एवम् उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना आफूहरुले बनाएको बटुको भनाइ छ । उनका अनुसार घान्द्रुकमा होटल निर्माण भइसकेको छ । काठमाडौँ, चितवन र भैरहवामा पनि होटल परियोजनाको योजना बन्दैछ ।
आईटी क्षेत्रमा पनि सम्भावना धेरै रहेकाले यस क्षेत्रमा प्रवेश गर्ने योजना पनि बनिरहेको बटु लामिछाने बताउँछन् । यसका साथै, उत्पादनमूलक र निर्यातमूलक उद्योगको सम्भावनाबारे पनि अहिले ग्रुपले अध्ययन गरिरहेको छ । नेपालको आर्थिक उन्नतिमा कृषिलाई छुटाउनै नहुने उनको धारणा छ । अहिले बीजी ग्रुपले पनि कृषिमा लगानी विस्तार गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।
‘मैले २०४२ सालदेखि आजसम्म जे जति सकेँ, यो देशमा योगदान गरेँ । अब युवा पुस्तालाई आफ्ना अनुभव सेयर गर्दै जलविद्युतसहित कृषि, पर्यटन, सूचना प्रविधि लगायतका अपार सम्भावना भएका क्षेत्रमा आकर्षित गर्ने मेरो योजना छ’ लामिछाने भन्छन्, ‘अहिलेको पढेलेखेको, देश विदेश बुझेको युवाशक्तिले यो देशको जल, जमिन र जंगल सबैतिर सम्भावना देख्नुपर्छ ।’
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












