आर्थिक विकासका लागि साझा दृष्टिकोण बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै आर्थिक विकासका लागि साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
पत्रकारहरूसँगको अन्तरक्रियामा कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै कोभिड–१९ महामारी, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलका बीच निजी क्षेत्रको मनोबल जोगाउँदै आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण पहल गरिएको स्वष्ट पारे । उनले लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना र व्यवसायीको सम्मान तथा सुरक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् ।
अध्यक्ष ढकालले आर्थिक पत्रकारिताको भूमिकाको प्रशंसा गर्दै तथ्यमा आधारित विश्लेषण र रचनात्मक सुझावले नीतिगत सुधारमा सहयोग पुगेको बताए । उनले महासंघ र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्तव्य:
नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै न्यानो स्वागत गर्न चाहन्छु ।
पत्रकार मित्रहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने हाम्रो परम्परा रहँदै आएको छ । यो कार्यक्रम केवल धन्यवाद ज्ञापन मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्र बिच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हो भन्ने विश्वास लिएको छु ।
आदरणीय पत्रकार मित्रहरू,
मैले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो । कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको थियो ।
त्यस्तो जटिल अवस्थामा हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको मनोबल जोगाउनु, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण गर्नु थियो । मैले पदभार ग्रहण गर्दै गर्दा ५ वटा मुख्य प्राथमिकता अघि सारेको थिएँ ।
पहिलो तत्कालिन अवस्थामा रहेको आर्थिक संकट समाधानका लागि पहल गर्ने,
दोस्रो स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,
तेस्रो राज्य र निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,
चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने
र पाँचौमा व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षाका विषय रहेका थिए ।
तीन वर्षको अवधिमा मैले अघि सारेका सबै विषयमा उल्लेखनीय कामहरू गर्न हामी सफल भएका छौं। सबैभन्दा पहिलो, नीतिगत सुधार र हस्तक्षेपमा महासंघले नयाँ उचाइ हासिल गरेको छ । परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएका छौं ।
राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरियो । यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो, जसले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गर्दै लगानी वातावरण सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको छ ।
निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय तथा कलकारखानाहरुलाई समेत शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको छ । हालै निर्वाचनपछि बनेको करिब दुईतिहाई बहुमतको सरकारको पहिलो क्याबिनेट बैठकले हाम्रो प्रस्ताव अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरी निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा र सम्मानको ग्यारेण्टी गरेको छ ।
त्यसैगरी, महासंघकै पहलमा दुई पक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुतावासहरुले विभिन्न मुलुकहरुसँग सम्झौताका लागि अघि बढाएको अवस्था छ । यसले लगानीको वातावरण थप सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र सम्मृद्धिमा निजी क्षेत्रको भूमिकालाई थप विस्तार र व्यापक बनाउने हाम्रो विश्वास छ ।
राज्य–निजी क्षेत्र सम्बन्धलाई सहकार्यमा रूपान्तरण गर्ने काम हाम्रो कार्यकालको दोस्रो महत्वपूर्ण उपलब्धि हो । हामीले राज्य र निजी क्षेत्रबिच रहने टकरावको संस्कृतिबाट बाहिर निस्कँदै सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण गरेका छौं। निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएका छौं। यसले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।
सरकार, नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरुबिचको लामो समयदेखिको डेडिकेटेड फिडर तथा ट्रङकलाइन महशुल विवादलाई मध्यस्थता गर्दै दिगो समाधानका लागि प्रयास गरिएको छ । तेस्रो, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनमा ठोस पहल गरिएको छ।
देशभित्र सानो–सानो पुँजीलाई एकीकृत गर्दै १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ, जसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको छ।
साथै, अन्तर्राष्ट्रिय स्तरमा लगानी फोरम र द्विपक्षीय संवादमार्फत नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास पनि गरिएको छ।
यस बिच भारत, चीन, संयुक्त अरब इमिरेटस्, कतार, बेलायतलगायत थुप्रै मुलुकमा महासंघले द्विपक्षीय लगानी सम्मेलन तथा संवादका कार्यक्रमहरु आयोजना गरेर नेपालमा रहेका सम्भावनाका क्षेत्रहरु उजागर गर्ने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गर्ने काम गरेको छ ।
चौथो, संस्थागत रूपान्तरण र सुशासनमा महत्वपूर्ण कदम चालिएको छ।
लामो समयदेखि विवाद र वहशको विषय बन्ने गरेको महासंघको विधान सर्वसम्मत रुपमा संशोधन गर्दै नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाइएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन सँगै महिला सहभागिता वृद्धि, जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण लगायतका सकारात्मक परिवर्तनहरू गरिएका छन् ।
त्यसैगरी, निजी क्षेत्रलाई विकास साझेदारको रूपमा स्थापित गर्ने आधार तयार गरिएको छ । निजी क्षेत्रलाई केवल दबाब समूह होइन, राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न हामी सफल भएका छौं । पहिलो पटक मुलुकमा निजी क्षेत्रको योगदान बारेमा अनुसन्धान गरी “निजी क्षेत्रको अवस्था”बारे रिपोर्ट प्रकाशित गरेका छौँ । यसले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे तथ्यगत विवरण प्रस्तुत गरेको छ । जसले हामीलाई सरकार तथा अन्य निकायसँग तर्क, बहश र पैरवी गर्न थप सबल बनाएको छ ।
आदरणीय पत्रकार मित्रहरू,
यी सबै प्रयासहरूलाई आम जनमानससम्म पुर्याउने, नीतिगत बहसलाई सशक्त बनाउने र सरकार, निजी क्षेत्र तथा नागरिकबीच सेतुको भूमिका निर्वाह गर्ने कार्यमा यहाँहरूको योगदान अतुलनीय छ ।
विशेषगरी आर्थिक पत्रकारहरूले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गर्नुभएको छ । यहाँहरूको लेखनीले हामीलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बन्न प्रेरित गरेको छ ।
पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो । त्यसैले हामी तपाईंहरूको भूमिकालाई उच्च सम्मानका साथ लिन्छौं ।
हामी चाहन्छौं कि महासंघ र सञ्चार क्षेत्रबीचको यो सहकार्य अझ सुदृढ हुँदै जाओस् । नियमित संवाद, सहकार्य र पारदर्शितामार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउने हाम्रो साझा लक्ष्य हो ।
अन्त्यमा, मेरो यस तीनवर्षे कार्यकाल परिणाममुखी बनाउन यहाँहरुको तर्फबाट पाएको साथ, सहयोग र समर्थनकालागि यहाँहरु सबैजना प्रति म हृदयदेखि कृतज्ञ छु ।
यी साथ र सहयोगका क्षणहरु मैले सधै सम्झिरहनेछु । नेपाल उद्योग वाणिज्य महासंघ सधैं पत्रकार मित्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहनेछ ।
हाम्रा साझा प्रयासहरूले नेपाललाई समृद्ध बनाउनेछ भन्ने कुरामा मेरो दृढ विश्वास छ ।
धन्यवाद ।
Comments
अरु समाचार
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
FNCCI को नेतृत्वमा बटु लामिछानेलाई किन दिने भोट ? ‘बोल्ने मात्र होइन, काम गर्ने व्यक्तित्व’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र...
-
दुई मोटरसाइकल ठोकिँदा एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको ज्यान गयो
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन...
-
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, को कतिऔं नम्बरमा ?
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् ।...
-
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
काठमाडौं । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री...
-
प्रहरीको गोली लागेर रुपन्देहीमा एक घाइते, लागुऔषधिसहित तीनजना पक्राउ
बुटवल । रुपन्देहीमा लागुऔषध जाँचका क्रममा भाग्ने मोटरसाइकललाई प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
-
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको परमादेश
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको...
-
ओली–लेखक बन्दी प्रत्यक्षीकरण रिटः महान्यायाधिवक्ता कँडेलले निवेदनको विपक्षबाट बहस गर्दै
काठमाडौं । नवनियुक्त तथा विवादास्पद महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको...












