को हुन् एफएनसीसीआईको एशोसिएट सदस्यमा उम्मेदवारी दिएका बलराम सापकोटा ?
निजी क्षेत्रको सशक्त आवाज बन्ने अठोट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला) तर्फ कार्यकारिणी समिति सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सापकोटाले उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
होटल, पर्यटन तथा सेवा क्षेत्रमा ठूलो लगानी गरेका सापकोटा पूर्वी नेपालको झापास्थित पाँचतारे लक्जरी होटल ‘मेची क्राउन’का सञ्चालक हुन्। उम्मेदवारी घोषणा गर्दै सापकोटाले व्यवसायीहरूले भोगिरहेका विद्यमान समस्या समाधानका लागि महासंघलाई अझ प्रभावकारी र सक्रिय बनाउने बताएका छन्। उनले निजी क्षेत्रको मनोबल उच्च बनाउने, देशमा लगानीमैत्री वातावरण निर्माण गर्ने तथा व्यवसायसँग सम्बन्धित नीतिगत अन्योल हटाउन वर्तमान सरकारसँग निरन्तर सहकार्य र पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सापकोटाद्वारा सञ्चालित झापाको मेचीनगर–धुलाबारीमा अवस्थित मेची क्राउन पूर्वी नेपालकै प्रतिष्ठित पर्यटकीय गन्तव्य मानिन्छ। कोशी प्रदेशको पहिलो पाँचतारे डिलक्स होटलका रूपमा परिचित यस होटलमा २०५ भन्दा बढी सुविधायुक्त कोठा, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड र अन्तर्राष्ट्रिय स्तरको कन्फरेन्स सुविधा उपलब्ध छ। लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेका सापकोटाले पछिल्लो समय होटल र पर्यटन क्षेत्रको माध्यमबाट राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वमा आफ्नो प्रभाव विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।
महासंघलाई अझ प्रभावकारी बनाउँदै आफू सक्रिय रहने
सापकोटाले व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि महासंघलाई अझ प्रभावकारी बनाउँदै आफू सक्रिय रहने बताएका छन् । उनले व्यवसायीहरूको मनोबल उच्च बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रसँग सम्बन्धित नीतिगत अन्योलका विषयमा वर्तमान सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने–‘निजी क्षेत्र अहिले विभिन्न दबाबमा छ। व्यवसाय सञ्चालनमा अनेक कठिनाइ छन् । यस्तो अवस्थामा महासंघ व्यवसायीहरूको स्पष्ट आवाज बन्नुपर्छ । म महासंघमा पुगेर व्यवसायीका वास्तविक मुद्दा—नीतिगत स्थायित्व, लगानी सुरक्षा र सहज व्यवसाय वातावरण—का लागि खरो रूपमा उत्रिनेछु ।’
उनले विशेषगरी साना तथा मझौला उद्यमीहरूको हित संरक्षण, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा पर्यटन र सेवा क्षेत्रको पुनःउत्थानका लागि नीतिगत पहल आवश्यक रहेको बताए । साथै, प्रदेशस्तरका व्यवसायीका आवाज केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।
झापाको मेचीनगर–धुलाबारीमा अवस्थित एचएमसीलाई पूर्वी नेपालकै प्रमुख लक्जरी होटलमध्ये एक मानिन्छ। यो प्रदेशको पहिलो पाँचतारे डिलक्स होटलका रूपमा परिचित छ, जहाँ २०५ भन्दा बढी कोठा, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड, कन्फरेन्स सुविधा र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा उपलब्ध छ।
व्यवसायिक जीवनमा सक्रिय रहेका सापकोटाले पछिल्लो समय नेपालको होटल, पर्यटन र सेवा राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वका लागि आफ्नो प्रभाव विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
निजी क्षेत्रको सशक्त आवाज बन्ने अठोट
सापकोटाले महासंघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्दै भने, “आज निजी क्षेत्र विभिन्न दबाब र चुनौतीसँग जुधिरहेको छ। यस्तो अवस्थामा महासंघ व्यवसायीहरूको स्पष्ट, सशक्त र निर्भीक आवाज बन्नुपर्छ।” उनले नीतिगत स्थायित्व, लगानी सुरक्षाको प्रत्याभूति र सहज व्यवसाय वातावरण निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। साथै, सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका समस्या समाधान गर्न आफू सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
सापकोटाले विशेष गरी साना तथा मझौला उद्यमीहरूको हकहित संरक्षण, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा कोभिडपछिको पर्यटन र सेवा क्षेत्रको पुनःउत्थानका लागि ठोस नीतिगत पहल आवश्यक रहेको औंल्याए। प्रदेशस्तरका व्यवसायीका आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने आफ्नो प्राथमिकता रहने पनि उनले स्पष्ट पारे ।
झापाको मेचीनगर–धुलाबारीमा अवस्थित ‘मेची क्राउन’ पूर्वी नेपालकै प्रमुख लक्जरी होटलमध्ये एक हो, जसलाई प्रदेशकै पहिलो पाँचतारे डिलक्स होटलका रूपमा चिनिन्छ । अत्याधुनिक सुविधासहित सञ्चालनमा रहेको यस होटलले अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा प्रदान गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ । व्यावसायिक यात्रामा निरन्तर उचाइ चुमिरहेका सापकोटा अब राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वमा आफ्नो प्रभाव विस्तार गर्ने अभियानमा छन् । उनको उम्मेदवारीले निजी क्षेत्रभित्र नयाँ ऊर्जा, आशा र परिवर्तनको सन्देश दिएको देखिन्छ ।
सडकबाट उठेर पाँचतारे शिखरसम्मः सापकोटाको संघर्ष, सपना र प्रेरणादायी यात्रा
कहिलेकाहीँ जीवनमा केही यस्ता व्यक्तित्व जन्मिन्छन्, जसको यात्रा केवल व्यक्तिगत सफलताको कथा हुँदैन, त्यो हजारौँ युवाका लागि प्रेरणा, साहस र सम्भावनाको प्रतीक बन्छ। बलराम सापकोटा त्यस्तै एक नाम हो—जसले सपना देखे, संघर्ष गरे, हार मानेनन् र आज ती सबै सपनालाई यथार्थमा बदलिसकेका छन्।
काभ्रेको रोशी गाउँपालिका, वाल्टिङको सामान्य परिवेशबाट राजधानी काठमाडौं छिरेका सापकोटासँग सुरुवातमा ठूलो सम्पत्ति थियो न घरानिया व्यावसायी सम्बन्ध उनीसँग थियो त केबल—ठूलो सपना र त्यो पूरा गर्ने अदम्य साहस।
आजभन्दा करिब २५ वर्षअघि, उनले आफ्नो जीवनको एउटा दृष्टि बनाएका थिए। साथीभाइहरू घर जोड्ने सोचमा थिए, तर उनले फरक बाटो रोजे । २०६० तिर उलने टोयोटा कम्पनीको यारिस गाडी खरिद गर्दा धेरै साथी भाई र आफन्तले एउटा प्रश्न गरे—“काठमाडौंमा आफ्नै घर छैन, घर नकिनी किन गाडी?”
तर उनको जवाफ दूरदर्शी थियो—“घर त जहाँ पनि भाडामा पाइन्छ, तर व्यापारी बन्न समय, गति र पहुँच चाहिन्छ। त्यसका लागि गाडी मेरो आजको आवश्यकता हो।”
यो केवल गाडी खरिद गर्ने निर्णय थिएन, यो भविष्य निर्माणको पहिलो रणनीतिक कदम थियो।
उनको कोठाको भित्तामा रेन्चरोभरको गाडीको तस्वीर टाँसिएको हुन्थ्यो। उनी दिनहुँ त्यसलाई हेर्दै भन्थे— “यो मेरो ड्रीम कार हो, एक दिन म यही गाडी चढ्नेछु।”
आज त्यो सपना केवल कार चढ्ने स्तरमा सीमित छैन—उनी त्यो सपनाभन्दा धेरै माथि पुगिसकेका छन्।
आज झापा केवल व्यापारिक केन्द्र मात्र होइन, पर्यटन गन्तव्यको रूपमा पनि विश्वसामु चिनिन थालेको छ। बलराम सापकोटाको दूरदृष्टिले पूर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको छ।
यारिस चढेर उनी पाँचतारे होटलहरूमा जान्थे। उनी त्यहाँ कफीको स्वाद लिन मात्र जाँदैनथे। उनको उद्देश्य फरक थियो। उनी ठूला व्यापारीहरू कसरी बोल्छन्, कसरी निर्णय लिन्छन्, कसरी नेटवर्क बनाउँछन्, कसरी अवसर चिन्छन्—त्यो बुझ्न जान्थे। पाँचतारे होटलका टेबलहरूमा बसेर उनले व्यवसायिक सोच, नेतृत्व शैली र सफलता पछाडिको मनोविज्ञान अध्ययन गरे।
यही सिकाइले उनलाई एउटा सामान्य रेस्टुरेन्टबाट सुरु भएको यात्रालाई विस्तार गर्दै लैजान प्रेरित गर्यो । एउटा रेस्टुरेन्ट दुई भयो, दुईबाट पाँच भयो, र त्यही संघर्षले आज उनलाई पाँचतारे होटल उद्योगको शिखरसम्म पुर्याएको छ ।
सबैभन्दा उल्लेखनीय अध्याय भने पूर्वी नेपाल, झापामा पाँचतारे होटल स्थापना गर्ने निर्णय थियो। जब उनले त्यहाँ पाँचतारे होटल खोल्ने योजना अघि सारे, धेरै व्यापारीहरूले भने—
“झापामा पाँचतारे चल्दैन।”
“यो सम्भव छैन।”
तर बलराम सापकोटाले अरूको शंका होइन, आफ्नो दृष्टिमा विश्वास गरे।
आज त्यही झापामा फैलिएको उनको पाँचतारे होटल नेपालकै ठूला आतिथ्य परियोजनामध्ये एक बनेको छ। करिब दस बिघा क्षेत्रफलमा फैलिएको, २०५ भन्दा बढी कोठासहितको विशाल पाँचतारे होटलले पूर्वी नेपाललाई नयाँ व्यापारिक र पर्यटन नक्सामा स्थापित गरेको छ।
यो केवल एउटा होटल होइन; यो एउटा दृष्टि हो, एउटा साहसिक निर्णयको परिणाम हो, एउटा व्यक्तिको संघर्षले कसरी एउटा भूगोलको पहिचान बदल्न सक्छ भन्ने उदाहरण हो।
आज झापा केवल व्यापारिक केन्द्र मात्र होइन, पर्यटन गन्तव्यको रूपमा पनि विश्वसामु चिनिन थालेको छ। बलराम सापकोटाको दूरदृष्टिले पूर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको छ।
आज उनी आफ्नो २५ वर्षअघिको सपना सबै पूरा गरिसकेका छन्—ड्रिम कार पनि चलाइसके, पाँचतारे होटलको मालिक पनि बनिसके, र हजारौँ युवाका लागि प्रेरणाको स्रोत पनि बनिसके।
यति संघर्ष, यति अनुभव, यति नेतृत्व क्षमता भएको व्यक्तित्व आज एफएनसीसीआई निर्वाचनको एशोसिएट्सतर्फको केद्रिन्य सदस्यमा उमेद्धारा भएका छन । आफूलाई नेतृत्व तहमा आउनु केवल एउटा व्यक्तिको चुनावी मुद्दा होइन, यो उद्योग–व्यवसाय क्षेत्रको भविष्यसँग जोडिएको विषय हो।
तल्लो तहबाट उठेर शिखरसम्म पुगेको व्यक्तिले मात्र भुइँतहको पीडा, संघर्ष र सम्भावना बुझ्न सक्छ। जसले शून्यबाट साम्राज्य निर्माण गर्न सक्छ, उसले संस्थालाई पनि नयाँ उचाइमा पुर्याउन सक्छ। त्यसैले आज यस्तो व्यक्तित्वलाई महासंघको नेतृत्व संरचनामा पुर्याउनु समयको आवश्यकता रहेका एक व्यावसायीले बताए ।
यो केवल एक उम्मेदवारलाई जिताउने कुरा होइन, यो संघर्षको सम्मान, दूरदृष्टिको मूल्यांकन र उद्योग–व्यापारको उज्ज्वल भविष्य निर्माण गर्ने निर्णय हो। बलराम सापकोटा केवल एउटा नाम होइन—उनी संघर्षको प्रतीक हुन्,सफलताको परिभाषा हुन्,र नेतृत्वको नयाँ आशा हुन्।
Comments
अरु समाचार
-
आर्थिक विकासका लागि साझा दृष्टिकोण बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै आर्थिक विकासका लागि...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
FNCCI को नेतृत्वमा बटु लामिछानेलाई किन दिने भोट ? ‘बोल्ने मात्र होइन, काम गर्ने व्यक्तित्व’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र...
-
दुई मोटरसाइकल ठोकिँदा एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको ज्यान गयो
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन...
-
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, को कतिऔं नम्बरमा ?
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् ।...
-
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
काठमाडौं । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री...
-
प्रहरीको गोली लागेर रुपन्देहीमा एक घाइते, लागुऔषधिसहित तीनजना पक्राउ
बुटवल । रुपन्देहीमा लागुऔषध जाँचका क्रममा भाग्ने मोटरसाइकललाई प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
-
ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको परमादेश
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको...












