सुन तस्करी प्रकरण: महरा र भन्सारका कर्मचारीसहित २८ जनाविरूद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्ति र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी-निकासी र हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।
२०७९ साल पुस १० गते दुबईबाट फ्लाई दुबईको उडानमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेसभित्र ७३० थान ई-सिगरेट (भेप) ल्याएका थिए । भन्सार जाँचका क्रममा एक्स-रे मेसिनले शङ्कास्पद वस्तु देखाएपछि ती भेपहरू जफत गरिएका थिए। अनुसन्धानका क्रममा ती भेपभित्र ८,४८०.५१७ ग्राम (करिब साढे ८ किलो) सुन लुकाएर ल्याइएको खुलेको थियो। तर, भन्सारका अधिकारीहरू र राजनीतिक पहुँच भएका व्यक्तिहरूको मिलेमतोमा उक्त सुन भएको भेपलाई सुरक्षित राख्नुको साटो भन्सारको गोदामबाटै गायब गरी अन्य वस्तुसँग सट्टापट्टा गरिएको र अवैध रूपमा बिक्री वितरण गरिएको अभियोगपत्रमा उल्लेख छ ।
सुन छुटाउनका लागि पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग अस्वाभाविक रूपमा टेलिफोन सम्पर्क गरेको र भन्सारका कर्मचारीहरूलाई प्रभावमा पारी गैरकानुनी लाभ लिन खोजेको अख्तियारले जनाएको छ । यो मुद्दामा अख्तियारले विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा (निर्मल), चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाएको छ ।
यसअघि महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












